७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


रास्वपालाई सत्तारुढ दलको चेतावनी : भिड जम्मा पारेर न्याय निरूपणको प्रक्रियालाई प्रभावित नपार्नू



७ कात्तिक । सत्तारुढ दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई न्याय निरूपणको प्रक्रियालाई प्रभावित नपार्न आग्रह गरेका छन् ।

बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।

समितिले कारबाही सिफारिस गरेकामध्ये रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरूले भने सडकमा भिड जम्मा गरेर छानबिन तथा न्याय निरूपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन ।’

‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ’, महासचिव पोखरेलले भने, ‘ छानविन अघि बढिरहेका बेलामा सडकमा भिड जम्मा पारेर छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुदैन ।’

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरूको निष्कर्ष छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ४९ बजे