७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


सरकारका १०० दिन : यी हुन् प्रधानमन्त्रीले सुनाएका उपलब्धिहरू(पूर्णपाठ)



७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पूरा भएको छ । गत असार १७ गते नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर सोही सहमतिअनुसार असार ३० गते उनी कांग्रेससहितका दलहरूको समर्थनमा चौथोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

१०० दिनको अवधिमा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेका छन् । विपत्तिका कारण केही कामहरू अधुरा रहेको बताउँदै उनले प्राकृतिक विपद् नआएको भए शतप्रतिशत काम गर्ने दाबी गरे ।

पहिले सबै मन्त्रालयले पहिलो एक सय दिन र बाँकी अन्य समयमा गर्ने कामहरुको सूची बनाएको बताउँदै उनले सय दिनमा पूरा गर्ने कामको संख्या २७४ पुगेकोमा तीमध्ये १८५ वटा काम सम्पन्न भएको दाबी गरे ।

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ :

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : १९ बजे