१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अज्ञात समूहद्वारा बृद्धको हत्या



कलैया (बारा)
११ कात्तिक । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक बृद्ध हत्या गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार महागढीमाई नगरपालिका–१ मा पर्ने सिमरा तेगछिया र न्यकाटोलाको बीचमा करिब साढे ८ बजेको समयमा पछाडिबाट धारिलो हतियार प्रयोग गरी ५५ बृद्ध वर्षीय न्याकाटोला निवासी नारायण यादवको घाँटी अज्ञात व्यक्तिले काटी फरार भएका छन् ।
गम्भीर घाइते यादवलाई बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुगेर तिनलाई उपचारका लागि प्रदेशिक अस्पतालमा ल्याउँदा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । किन र कसले हत्या गरेको हो भने विषय अहिले भने खुलि नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिएका छन् । अहिले सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : १४ बजे