गएराति साढे ११ बजे ४.५ रेक्टरस्केलको भूकम्प गएको
११ कात्तिक
काठमाडौं । मध्यरातमा भुकम्पको ४.५ रेक्टरस्केलको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामिडाँडा नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका अनुसार जानकारी दिएको छ । २०७२ साल बैशाख १२ गतेको महाभुकम्पपछि निरन्तर देशभरका विभिन्न ठाँउ केन्द्रविन्दु भएर भुकम्प गएको छ ।
प्रतिक्रिया