११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौंमै अवतरण



११ कात्तिक । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ । मानवीयताका आधारमा थाई एयर एसियाको जहाजलाई काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो ।

उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : १३ बजे