१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको सुनाकोठीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



 

१२ कार्तिक । ललितपुरको सुनाकोठीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया
अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार
साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद
१ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक प्रकृया अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : २९ बजे