२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको देविचौरमा कौडा खेल्ने ७ जना पक्राउ



काठमाडौं
१५ कात्तिक । ललितपुरको देविचौरमा कौडा खेल्ने ७ जना पक्राउ परेका छन् ।
प्र्रहरीका अनुसार दक्षिण ललितपुरको गोदावरी नगरपालिका–७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

कौडा खेलिरहेको अवस्थामा देविचौरको ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।