७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले तिहारको शुभकामना दिदैं भने,‘सबैको जीवनमा उमङ्ग छाओस्’



समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना

काठमाडौँ
१८ कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमङ्ग छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएको बताएका हुन् । भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।”

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १० : ३५ बजे