चलचित्रले सपना देख्न चाहनेहरुका लागि प्ररित गर्ने गर्छ । चलचित्रमा गीत संगीत पनि मौलिक छन् । सारंगीको धुनले सुनमा सुगन्ध थपेको छ
ललितखबर
१७ कार्तिक । सारंंगी, नेपालीहरुको मौलिक बाजा । यही बाजा बजाइ हिड्ने गन्र्धव समुदायको कथामा आधारित चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ विहीबार लक्ष्मीपूजाको अवसर पारेर देशभर प्रर्दशन सुरु भएको छ ।
कथासार
नेपाली चलचित्र विदेशी कथाबाट प्रभावित भएर निर्माण भइरहेको गुनासो दर्शकको सुनिन्छ । तर चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले चलचित्र नेपाली माटोको कथामा बनेको छ । चलचित्र हाम्रो समाजले तल पारेको गन्र्धर्व समुदायको कथा र व्यथा भन्छ ।
आजभन्दा करिव ४० बर्षअघिको सन्दर्भलाई चलचित्रको कथा भनिएको छ । चलचित्रको उत्ति बेलाको लवाई खुवाई र बोलीचालीलाई चलचित्रको पर्दामा मौलिक ढंगले उतारिएको छ ।
सारंगी बजाउदै हिड्ने पूर्ण बहादुर गन्र्धव हण्डर खाएपछि छोरा कमल गन्दर्भलाई पढाएर ठूलो मानिस बनाउने सपना देख्छ । अठोट गर्छ । यही सपना चलचित्रको मूल कथा हो ।
सवल पक्ष
पहाडी डाँडापाखामा बसेर गाँउ गाँउ डुलिहिड्ने गन्धर्व समुदाय नेपाली माटोमा श्रृजना भएको सारंगीको मौलिक धुनले चलचित्रलाई संगीतमय बनाएको छ । चलचित्रको कथाले बाटो विराएको छैन । सलल बगेको छ । थोरै र किफायती पात्रहरु मात्रै चलचित्रको पर्दामा देखिन्छन् । संवाद असाध्यै चेटिला छन् । चलचित्रका पात्रले लगाएका भेषभुसाले पनि चलचित्रलाई मौलिक बन्न सघाएको छ । चलचित्रमा हास्यरस पनि भेटिन्छ । मध्यान्तरअघि ठाँउ ठाँउमा हाँस्न पाइन्छ । लेखक तथा निर्देशक सरोज पौडेलले ४० बर्षअघिको परिवेसमा पश्चिम नेपालको कथा चलचित्रमार्फत भन्न खोजेका छन् । उनले भिन्न कथा भन्ने शैलीलाई पछ्याएका छन् ।
चलचित्रमा छोराको आड भरोसाका लागि बोलिएको संवाद ‘मेरो तिघ्रामा अझैं तागत छ, तँ पिर नमान् कान्छा’, ‘किन फर्कन पर्यो दुखियाँ गाँउमा’ जस्ता संवादले दर्शकको मन भरिन्छ ।
चलचित्रले सपना देख्न चाहनेहरुका लागि प्ररित गर्ने गर्छ । चलचित्रमा गीत संगीत पनि मौलिक छन् । सारंगीको धुनले सुनमा सुगन्ध थपेको छ ।
एउटा कतव्यनिष्ट वावु र मायाँ गर्ने छोराबीचको सम्बन्धलाई चलचित्रले प्रष्ट व्याख्या गरेको छ । पर्दामा पूर्णबहादुर र कमलको आर्दश जीवन देखेर दर्शकलाई भक्कानो फुट्ने गरी रुवाउँछ । चलचित्रले कौतुहलता जगाँउछ । बेलाबेलामा हसाँउछ ।
चलचित्र हेरुञ्जेल मन अन्त जाँदैन । चलचित्रले बाँधेर राख्छ । दर्शकले टिकटमा खर्च गरेको पैसा असुल हुन्छ ।
मौलिक विषयबस्तु,स्प्रष्ट र सुन्दर कथा बलियो पटकथा र संवादले चलचित्रको प्राण भरेको छ । एउटा भूईमान्छे माथि उठ्न सपना देख्न चाहनेहरुका लागि चलचित्र प्ररणादायी छ । आमनेपालीको जीवन भोगाई चलचित्रले बोकेर हिडेको छ ।
बनपाखामा कोइलीको स्वरमा ‘कुकु’ र ‘कोहो कोहो’को आवाजले गाँउले परिभेषको अनुभव गराउँछ भने रेडियो नेपालको धुनले त्यो पुरानो युगको स्मण ताजा गराउँछ ।
चरित्र चित्रण
लेखकले पात्रहरुको फरक सोचमार्फत चलचित्रमा द्वन्द्व श्रृजना गरेका छन् ।
अभिनेत्री अञ्जना बराइलीले ‘मागेर खुनु हुन्न’, ‘यसरी जीवन चन्दैन’ भन्दै द्वन्द्वको विजारोपण गरेकी छिन् । विजय बराल (पूर्ण बहादुर) आफ्नो संस्कृति, रितीरिवाज र पूर्खाको विडो थाम्न छोरालाई सारंगी सिकाउछन् ।
भोलाराज सापकोटा(शिक्षक)लाई गन्दर्भ समुदायलाई हेला गर्ने पात्रको रुपमा उभ्याइएको छ । उनको चरित्रले समाजमा श्रृजना हुने द्वन्द्वलाई देखाइएको छ ।
विरे पात्र (मुकुन भुसाल( छोरा पाढाउन हुन्न भन्ने मान्यता राख्छ । भरिया माइला (बुद्धि तामाङ) चिठी बोकि दिएर सहयोगी चरित्र प्रर्दशन गरेको छ । पूर्णबहादुरको र छोरासँगको अत्मिय सम्बन्धले दर्शकको मन भरिन्छ । चलचित्रमा रगीविरंगीं चरित्रले चलचित्रमा इन्द्रणी रंग भरेको छ ।
दुर्वल पक्ष
चलचित्रमा सारंगी बजाई हिड्ने गन्र्धव समुदायलाई समाजले दिएको सम्मानलाई चलचित्रले महत्व नदिई अपमान र विभेदको पक्षलाई महत्व दिइएको छ । गन्र्धव समुदायलाई उपल्लो वर्गले गाइने भन्दै हेप्ने गरेको विषयलाई धेरै जोड दिइएको छ । यद्यपी ४० बर्षअघिको जमानामा समाजमा गरिव र तल्लो वर्गलाई दान दक्षिणा दिने र सहयोग गर्ने सहृदयी मानिसहरु धेरै थिए ।
अञ्जना बराइली चलचित्रको बीचमै हराउछिन् । उनी कहाँ गइन् भन्ने दर्शकमा कौतुहल जगाँउछ । कथालाई थप माझिन दिन सकेको भए राम्रो हुन्थ्यो ।
विजय बराल (पूर्ण बहादुर गन्र्दव)
सधै सहायक भूमिकामा देखिने कलाकार विजय बराल चलचित्रमा प्रमुखको भूमिकामा छन् । उनले पात्रको फरक चरित्रमा आफूलाई ढाल्ने प्रयास प्रशंसनिय छ । छोरा छोरीहरुका लागि एउटा दयालु बा को भूमिका उनले सशक्त ढंगले निभाएका छन् । छोरा छोरीको भविश्यका लागि बा हरुले गर्ने संर्घष चलचित्र हेर्ने दर्शकको मन छुन्छ । चलचित्रमा पूर्ण बहादुरले छोराको भविश्य सुन्दर बनाउन गरेको त्याग र तपस्याले दर्शकको मन रुवाउछ । धेरैले चलचित्र हेर्दै आफूलाई अघि बढाउने वावुआमा सम्झन्छन् ।
प्रकाश सपुत(कमल गन्दर्भ)
चलचित्रमा प्रकाश सपुत मध्यान्तरपछि पर्दामा देखिन्छन् । उनको अभिनय तुलनात्मक रुपमा छोटो छ । उनको अभिनयमा नयाँ शैली देखिन्न । खासै प्रभावकारी पनि छैन । सामान्य चरित्र र अभिनयमा उनी चलचित्रमा देखिन्छिन् ।
अञ्जना बराइली(बाटुली)
अभिनेत्री अञ्जना बराइली बाटुली पात्रको रुपमा चलचित्रमा औसल अभिनय गरेकी छिन् । उनले अभिनय शिल्पभन्दा पनि चरित्रका कारण द्वन्द्व श्रृजना गराएर चलचित्रलाई रोचक बनाएकी छिन् । छोरा गन्र्धव समुदायले धान्दै आएको सारंगी बजाउदै परम्परा धान्नबाट रोकेर पढाई लेखाई अघि बढाउने उनको रहरले गन्र्धव समुदायमा भूइचालो ल्याउन भूमिका खेलेकी छिन् ।
मुकुन भुसाल(विरे)
चलचित्रमा विरे पात्रमार्फत मुकुन भुसालले गन्र्धव समुदायको पात्रमा अभिनय गरेका छन् । उनले गाँउले भेषभुसा र लवजमा सुन्दर अभिनय गरेको अनुभव हुन्छ । उनले दोधारे चरित्रको साथी बनेर आफ्नो कला देखाएका छन् । यस्तो साथी जो छोरा पढाउने निर्णयको विरोध गर्छ तर सँगै सहयोगीको रुपमा वरिपरि हुन्छ ।
बुद्धि तामाङ(माइला)
कलाकार बुद्धि तामाङले चलचित्रमा भारी बोक्ने गरिया पात्र माइलाको अर्को सशक्त अभिनय गरेका छन् । उनले चलचित्रमा नयाँ अभिनयशैल ीभने पछ्याएको पाइदैन । भारी बोकेर पनि पूर्ण बहादुर गन्र्धवको परिवारलाई चिठ्ठी बोकिदिएर सहयोग गर्ने सहयोगी चरित्र उनले निभाएका छन् ।
भोलाराज सापकोटा(शिक्षक)
कलाकार भोलाराज सापकोटा बर्गीय र जातिय विभेद गर्ने शिक्षकको भूमिकामा छन् । उनले अभिनयमार्फत गरेको विभेद मन छुने किसिमको छ । खलपात्रको रुपमा पर्दामा देखिएका सापकोटाले दर्शकलाई रिस उठाउने गरि अभिनय गर्न सफल छन् ।
चलचित्रमा सुवास गजुरेलले सूचिकार,विनोद न्योपाने,देशभक्त खनाल,माउत्से गुरुङलगायतका कलाकारको अभिनय पनि मौलिक लाग्छ ।
प्रविधि
चलचित्रको प्राविधिक पक्ष औसत छ । छायाँकार शिवराम श्रेष्ठले चलचित्रको दृश्यहरु सुन्दर ढंगले छायाँकन गरेका छन् । आशिष पौडेलले पात्र अनुसारको उचित भेषभुसा छनौट गरेका छन् । चरित्रका कारण द्वन्द्व श्रृजना गर्नुबाहेक खास द्वन्द्वका दृश्य छैन ।
चलचित्रले उल्येख्य मात्रामा हसाँउदैन । कलररिष्ट सुप्रिम पराजुलीले चलचित्रमा दृश्यहरुको रंग संयोजनको काम साखै राम्रो छैन । उत्तम न्योपानेले राम्रोसँग ध्वनी भरेका छन् । रैया चाँदीको, काँधेकुरी, मैझारोजस्ता गीतले चलचित्रलाई संगीतमय बनाएको छ । गीतहरुले चलचित्रको कथा भन्ने शैलीलाई मिठो बनाएको छ ।
अन्तमा,
चलचित्रहरुको भीडमा पूर्णबहादुरको सारंगी माटोको चलचित्र हो । गन्र्धव समुदायको व्यथा बोल्ने चलचित्र हेरेर फर्कदा दर्शकको आँखा टिलपिल देखिन्छन् । चलचित्रको दरिलो संगीत पक्षले सुनमा सुगन्ध भरेको छ । पूर्णबहादुरको सारंगीजस्तो मौलिक चलचित्र हेरेपछि नेपाली चलचित्र उद्योगले नयाँ बाटो समातेको अनुभव हुन्छ । जसले आयातित चलचित्रको प्रभावमा नेपाली चलचित्र परेको भन्दै आलोचना गर्नेहरुको मुख थुनिदिएको छ ।
प्रतिक्रिया