१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाका नेताहरूविरुद्ध अवहेलना मुद्दा दर्ता, मंसिर ३ गते पेसी



२९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारबाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् । अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार मंसीर ३ गते सो मुद्दाको पेसी तोकिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको प्रवक्ता कुईकेलले बताए ।

भट्टराईको निवेदन सर्वोच्च प्रशासनले शुरुमा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो । कात्तिक १४ मा सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरेपछि त्यसविरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै अदालतले दरपिठ बदर गरेपछि मुद्दा दर्ता भएको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याएदेखि रास्वपाले प्रदर्शन गरिरहेको छ । सरकारी वकिलको कार्यालयमा रविको बयानका पनि चलिरहेको छ ।

पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन रोकेको छैन ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : ४३ बजे