६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरका बाढीपिडित एकीकृत बस्तीको प्रतिक्षामा, ६७ घरधुरीले दिए निवेदन



बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन । बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन्

ललितपुर
२९ कात्तिक । दक्षिण ललितपुरको ठोट्ने खोलामा आएको बाढीको दर्जनौं घरबास बगाएपछि यहाँका बाढीपिडित समस्यामा छन् । यहाँ बाढीपिडित एकीकृत बस्ती विस्तारको माग राख्दै ६७ घरधुरीले निवेदन दिएका छन् ।

महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुरका अनुसार एकीकृत बस्तीको लागि ६७ घरधुरी बाढी पीडितले वडामा निवेदन दिएका छन् । बाढीपिडितको माग अनुसार महाँकाल गाउँपालिकाकै टुटुवा थुम्कामा बस्ती एकीकृत बस्ती बसाउने पालिकास्थरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ ।

दक्षिण ललितपुरको महाकाल गाउँपालिका–२ ठोट्ने खोलामा आएको बाढीको कारण ४८ घर पूर्णरूपमा विस्तापित भए । थप चौध घर बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले क्षति गरेको करिब दुई महिना पुगिसक्दा पनि अझै कहाँ बस्ने भन्ने यकीन छैन ।

 

बाढीले क्षति पु¥याएको करिब दुई महिना वितिसक्दा पीडितले बस्ने वास पाएका छैनन् । कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन् । अठचालिस घरको कुनै नाम निसानै छैन । चौध घर बस्न योग्य छैनन्

सरकारले राहत स्वरुप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार बाढीपीडितले अझै पाउन सकिरहेका छैनन् । बाढीले घरवास पूर्णरूपमा क्षति पु¥याएका पीडित हाल आफन्तकोमा बसेर दैनिकी चलाइरहेका छन् । घरवास नै नभएका पीडितलाई कहाँ बस्ने चिन्ता रहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुर बताउछन्

महाँकाल गाउँपालिका–२ का वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पु¥याएको पूर्ण विवरण सङ्कलनको काम अन्तिम चरणमा छ । क्षति विवरण पूर्णरूपमा सङ्कलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ । हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृनिकायले दिएको राहत पीडितलाई वितरण गरीरहेको अध्यक्षको जोनीकुमारको भनाइ छ ।

अध्यक्ष जोनीकुमारले भने, “बाढीले क्षति पु¥याएको करिब दुई महिना वितिसक्दा पीडितले बस्ने वास पाएका छैनन् । कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन् । अठचालिस घरको कुनै नाम निसानै छैन । चौध घर बस्न योग्य छैनन् ।” बाढीले घरवास नै बगाएर लगेपछि हाल ललितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्ने गरेका महाँकाल गाउँपालिका–२ मनिखेल ठोट्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङतान बताउछन् । घरबास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रुपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरु धेरैको छ । उनी भन्छन्, “बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन । बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन् ।”
दातृनिकायले राहातस्वरुप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रुपमा बसेका छन् भने, कपिय अझै आफन्तको बसेर सरकारले राहातस्वरुप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतिक्षामा छन् । स्थानीय गोमामाया लामाका अनुसार अब विस्तारै सबैले टहरा निर्माण गर्दैछन् । वडा कार्यलयको समन्वयमा दातृनिकायबाट पाएको राहतले दैनिकी चलाए पनि पुर्खौँदेखिको घरबास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छ ।
गत असोज १२ गते शनिबारको बाढीले काठमाडौँ उपत्यकामा ठूलो जनधनको क्षति गरेको थियो । बागमती, नख्खु खोला र दक्षिण ललितपुरको ठोट्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : २७ बजे