३ मंसिर
काठमाडौं । कर्मचारी कार्यालय हिडेपछि सरकारले आज सार्वजनिक विदा दिने घोषणा गरेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उनी २०४८ सालदेखि २०५१ तत्कालीन प्रतिनिधि सभाको सभामुख थिए ।
आज विहान अबेर बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
स्व.ढुंगानाको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिएका हुन् ।
ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
आज सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया