ललितपुर
ललितपुर प्याङगाउँमा एभोकाडो झार्ने क्रममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
उनी छिमेकीको घर कम्पाउण्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा विजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भए थिए । उनको सुमेरू अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुर प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया