ललितपुर, चापागाँउ
सपनाको देश अमेरिका । अमेरिका पुग्ने थुप्रै नेपाली मरिहत्ते गर्छन् । अमेरिकी जीवनशैली पछ्याउने आजका पुस्ता डिभि गर्नेदेखि विद्यार्थी भिसासम्मको लामो प्रकृयाका लागि धेरै मेहनत गर्ने गर्छन् ।
के हो अमेरिका ? कस्तो छ अमेरिका ? अनि यहाँको जीवन र भोगाई कस्तो छ ? भन्ने विषय हामी नेपालीका लागि फगत एउटा अनुमानको विषय हो । अमेरिकाको संर्घष हत्तपत्त त्यहाँ बस्ने नेपालीहरुले खोल्दैनन् । सुन्दर समुन्द्र र भव्य शहरमा उभिएको सुकिलामुकिला तस्विर हेरेर हामी त्यो सुखसयलको जीवन भोग्न लोभिन्छौं ।
अमेरिकी जीवनशैली, यहाँको रहनसहन र भोगाई समेटेर पछिल्लो शुक्रबारबाट निर्देशक शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘तेलभिसा’ देशभर प्रर्दशन भइरहेको छ । समसामयिक नेपालीहरुले भोगेको जीवन यस चलचित्रमा हेर्न पाइन्छ ।
नेपाली दर्शकले थुप्रै विदेशमा छायाँकन गरिएको चलचित्र हेरेका छन् तर चलचित्र तेलभिसा हेरेर अमेरिकी जीवन अनुभव गर्न पाइन्छ । यहाँका अग्ला भवन,समुन्द्र पार्क, सडक र घरहरु हेरेर यहाँको सुन्दरता अनुभव गर्न सकिन्छ । व्यस्तका कारण सुनसान बनेको यहाँका बस्ती उठाठलाग्दा छन् ।
चलचित्र हेरेपछि शिर्षक तेलभिसा नै हुनुपर्छ भन्ने जरुरी छैन जस्तो लाग्छ । चर्चा भएजस्तो तेलभिसा अपमानपूर्ण तरिकाबाट प्रस्तुत गरिएको छैन ।
सबल पक्ष
चलचित्र ‘तेलभिसा’को सबल पक्ष कथा, चरित्र चित्रण र नेपालीहरुको यो पुस्ताले भोग्नु परेको विषयबस्तु रहेको छ ।
कथा, पटकथा र संवाद चोटिला छे । चलचित्रका निर्देशक घिमिरेले पात्रहरुमार्फत चलचित्रमा सुन्दर चरित्रचित्रण गराएका छन् । मन छुने विषयबस्तुमा चलचित्र निर्माण गरिएको छ ।
कथामा अनावश्यक मोड घुम्ती छैन । सलल बगेको छ । दृश्यहरु थोरै पात्र वरिपरि घुमेको छ । चलचित्रमा आउने रोचक र परिस्थितीजन्य घटनाले थप कौतुहल निम्त्याएको छ ।
चलचित्रमा थुप्रै कौतुहल जगाउने क्षणहरु छन् । दिदी बहिनीको सम्बन्ध, वावुसँग डराउने छोरो, आमालाई मायाँ गर्ने छोरा, श्रीमान् श्रीमतीको मायाँमार्फत सुन्दर चरित्र चित्रण चलचित्रमा देख्न पाइन्छ । यिनै सम्बन्धहरुले निम्त्याउने जडिलता चलचित्रमा मिठो द्वन्द्व श्रृजना गरिएको छ ।
चलचित्रमा विजिएम कमजोर छ । छाँयाकन पनि खासै राम्रो छैन । भिएफएक्सको प्रयोग गरेको देख्न पाइन्न । कलर संयोजन फिक्का छ । सम्पादनमा प्रसंशा गर्ने ठाँउ भेटिन्न
चलचित्रमा परदेशमा बसेर नेपालीहरुले गरेको संर्घण देख्दा मन खिन्न हुन्छ । यहाँको कानून नियम नबुझ्दा पाइने दुःख कष्टले भावुक मात्रै होइन आँखु झर्छ । चलचित्रमा एउटा मुसाका कारण व्यर्होनु परेको कष्ट
दुबर्ल पक्ष
चलचित्र राष्ट्रियता र राष्ट्रविरुद्ध संवाद समावेश छ । चलचित्रको एउटा संवादमा पात्र गौरवले ‘मलाई नेपाल जान मन लाग्दैन’ भन्ने संवाद बोलेका छन् । चलचित्रमा यस्तो संवाद समावेश हुँदा सेन्सर बोर्डको भूमिका शुन्य रहेको बुझ्ना गाह्रो पर्दैन ।
चलचित्रको अन्ततिर पुग्दा रोचक र कोतुहल जाग्नु पर्नेमा अदालतको लम्बेतान बहसले दर्शकलाई पट्यार लाग्छ । गीत संगीतले तान्दैन । चलचित्रमा हाँस्ने ठाँउ भेटिन्न । द्वन्द्वको दृश्य नहुँदा मसला विनाको तरकारी झैं लाग्छ । चलचित्रमा प्रविधिको प्रयोग लगभग शुन्य छ ।
विपिन कार्की (गौरव अधिकारी) र सूर्य बहादुर अधिकारी)
चलचित्रमा वावुको रुपमा विपिनले अवकाशप्राप्त जमदार सूर्य बहादुर अधिकारी र अमेरिकामा बस्ने छोरा गौरव अधिकारीको चरित्रमा विपिनले अभिनय गरेका छन् । अमेरिका बस्ने गौरव अधिकारीको चुलबुले युवक र नेपालको गाँउमा बस्ने सूर्य बहादुरको फरक चरित्रमा विपिनले दुरुस्त अभिनय गरको छन् । उनले अमेरिकामा बसेर युवाहरुले गर्ने संर्घषलाई ठ्याक्कै पर्दामा देखाएका छन् । नपढेकी सिधा आमा, कचकच गर्ने श्रीमती र वावुको निर्देशनमा पिल्सेका गौरवको पिडा चलचित्रमा उनले सजीव ढंगबाट देखाएका छन् ।
उता सूर्यबहादुरको चरित्रमा उनको अभिनय सुवाएको छ । कपाल झरेर तालु बनेको टाउको, लामो सेतो जुँगा अनि धोत्रो आवाजमा उनको बोल्ने शैली पाका मान्छे झैं लाग्छ ।
बर्षा राउत (बन्धना)
गर्भवती महिलाको भूमिकामा अभिनय गरेकी वर्षा राउतको अभिनयमा खासै नयाँपन छैन यद्यपी उनले फरक चरित्रमार्फत आफूलाई राम्रो कलाकार रहेको प्रमाणित गर्न कोसिस गरेकी छिन् । बर्षामर्फत सासु र बुहारीबीचको चरित्र चित्रण गरिएको छ । जो आफ्ना श्रीमान्लाई मायाँ गर्छन् तर सासुलाई गर्दैनन् ।
पुजा चन्द (राधा अधिकारी)
लामो समयपछि अभिनेत्री पुजा चन्द आमाको भूमिकामा चलचित्रमा अभिनय गरेकी छिन् । नेपालको गाँउले परिभेषमा देखिएकी पुजा अमेरिका पुगेपछि अत्याधुनिक भेषभुसामा देखिन्छन् । उनको अभिनयशैलीमा पनि आधुनिक शैलीतर्फ ढल्केको छ । गाँउको महिला अमेरिका गएको टनक नै पाइदैन । एउटा गाँउले अनपढ महिला अमेरिका पुग्नासाथ कसरी आधुनिक जीवनमा ढल्कन सक्छे । निर्देशक घिमिरेसँग पक्कै प्रष्ट पार्न सक्ने ठाँउ छैन ।
बुद्धि तामाङ (माइला)
नेपालमा गाँउमा बसेर (विपिन कार्की) सूर्य बहादुर अधिकारीलाई सहयोग गर्ने माइला पात्रको रुपमा बुद्धि तामाङले सामान्य चरित्रमा अभिनय गरेका छन् । एउटा आज्ञाकारी छोराजस्तै चरित्रमा नभिएका तामाङको अभिनयशैली नयाँ भने लाग्दैन ।
ऋचा घिमिरे (अन्नपूर्ण खरेल)
च्लचित्रमा ऋचा घिमिरे एउटी सशक्त भूमिकामा देखिएकी छिन् । नियम कानून नबुझेर मुद्दामा फसेका गौरव अधिकारीको परिवारलाई सहयोग गर्न ऋचा वकीलको रुपमा चलचित्रमा अभिनय गरेकी हुन् । उनले अदालतमा गरेको सशक्त पैरवी हेर्दा महिला हुनुमा धेरै युवतीले गर्वलायक भूमिका देखाएकी छिन् ।
प्रविधि
चलचित्रमा विजिएम कमजोर छ । छाँयाकन पनि खासै राम्रो छैन । भिएफएक्सको प्रयोग गरेको देख्न पाइन्न । कलर संयोजन फिक्का छ । सम्पादनमा प्रसंशा गर्ने ठाँउ भेटिन्न ।
अन्तमा, चलचित्रको पर्दामा समाजको कथा र व्यथा बोल्नुपर्छ । समय र समाज चित्रण हुनुपर्छ । निर्देशक घिमिरेले बलियो कथा, चरित्र, समय र भोगाईलाई पर्दामा देखाए पनि हाँस्य,द्वन्द्व,रोमान्स, मिठासपूर्ण संगीतर प्रविधिजस्ता मसला नराखी दृश्यहरु पर्दामा उतारेका छन्।
प्रतिक्रिया