२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवाहपञ्चमीका लागि रङरोगनले सजिँयो मटिहानी



मर्यादा पुरूस्वत्तम श्रीरामको जन्ती आउने शुभ अवसरमा स्वागत गर्न पाएका छौँ, हामी जन्तीको स्वागतका लागि आतुर छौँ । अतिथिलाई स्वागत गर्नु हाम्रो विशिष्ट र स्थापित संस्कृति हो
महोत्तरी
महोत्तरीको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन् । भोलि सोमबार जन्ती अयोध्याबाट जनकपुरधामको मटिहानी आएर रात्रि विश्राम गर्ने तालिका भएसँगै स्थानीय तयारीमा जुटेका हुन् ।
अहिले मटिहानी नगरका पुरातात्विक महत्वका मठ, देवालय, तलाउ परिसर रङरोगन गरिएर झकिझकाउ बनाइएका छन् । मुलुकभरिका मठहरूको नायक मानिने लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर परिसर र रामजानकीको विवाहमा वेदी बनाउन माटो खनिएको विश्वास गरिने लक्ष्मीसागर तलाउ वरपर रङरोगन र सजावटले झकिझकाउ बनेको हो । नगरका चोकचोकमा रामजानकी विवाहको तयारीमा मङ्गलगान गुञ्जीरहेका छन् ।
यहाँ गुञ्जिएका मङ्गलगानले अघि त्रेतायुगमा भएको रामसीता विवाहको झलक दिने गरेको छ ।
यहाँ अहिले गुञ्जिरहेका गीतले रामजानकीको विवाहको झल्को दिने गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल) का प्रधानाध्यापक ईश्वरी पौडेलले बताएका छन् । सोमबार मटिहानी आइपुग्ने जन्तीको स्वागतका लागि नगरवासी तयारीमा व्यस्त देखिन्छन् । “मिथिलामा सबै शुभकार्यमा गीतको महत्वपूर्ण स्थान छ । त्यसमा पनि विवाहका प्रत्येक विधिसँग गीत जोडिएका हुन्छन् । अतिथि र जन्ती स्वागतमा पनि मिथिलानी (मिथिलाका नारी) गीतबाट अहोभाव व्यक्त गर्दछन्”, उनले भनेका छन् ।
मटिहानीमा भोलि आउने जन्तीको स्वागत, खानपान र आवासलगायत सुविधाको उचित व्यवस्थापन गर्न नगरवासी सक्रियताका साथ थयारमिा व्यस्त छन् । “हाम्रो संस्कार र संस्कृतिमा अतिथिलाई अहोभावबाट स्वागत गर्ने परम्परा छ, त्यसमा पनि मर्यादा पुरूस्वत्तम श्रीरामको जन्ती आउने शुभ अवसरमा स्वागत गर्न पाएका छौँ, हामी जन्तीको स्वागतका लागि आतुर छौँ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले भने, “अतिथिलाई स्वागत गर्नु हाम्रो विशिष्ट र स्थापित संस्कृति हो ।”
मटिहानीमा अहिले जन्ती प्रवेश गर्ने नेपालतर्फको प्रवेशद्वारदेखि स्वागत तोरण सजाइएका छन् । श्रीराम र जानकीको विवाहका जन्ती मिथिला क्षेत्रका अतिविशिष्ट अतिथि हुने भएकाले उनीहरूको स्वागत, खानपान र आवासमा कुनै त्रुटि नदेखियोस् भनेर तयारीलाई तीव्र र व्यवस्थित पारिएको नगरप्रमुख मण्डलले बताए  ।
रामजानकी विवाह महोत्सवका लागि प्रत्येक पाँच÷पाँच वर्षमा साजसज्जाका साथ अयोध्याबाट जन्ती आउने परम्परा रहेको लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णले बताए । यस वर्ष उक्त अवसर परेकाले यहाँ उत्सव र छाएको उनको भनाइ छ ।
मटिहानीमा एक दिनको विश्रामपछि जन्ती जलेश्वर र पिपरा हुँदै जनकपुर प्रस्थान गर्ने चलन रहेको मठका सन्त डा वैष्णले जानकारी दिएका छन् । यसअनुसार महोत्तरीका जलेश्वर र पिपरामा पनि जन्तीको स्वागत गर्न स्थानीय तयारी अवस्थमा बसेका छन् ।
मिथिलामा सबै शुभकार्यमा गीतको महत्वपूर्ण स्थान छ । त्यसमा पनि विवाहका प्रत्येक विधिसँग गीत जोडिएका हुन्छन् । अतिथि र जन्ती स्वागतमा पनि मिथिलानी (मिथिलाका नारी) गीतबाट अहोभाव व्यक्त गर्दछन्
मङ्गलबार बिहान मटिहानीबाट जलेश्वर पुग्ने जन्तीलाई जलेश्वरनाथ महादेवको दर्शन गराएर खाजा ख्वाउने तयारी छ । जन्तीले दिवा भोजन पिपरामा गर्ने जनाउँदै उनले ती दुवै स्थानमा सम्बन्धित क्षेत्रमा विशेष तयारी भइरहेको बताएका छन् ।
पिपरापछि जन्ती जनकपुर प्रस्थान गर्नेछन् । त्यहाँ जन्ती जानकी मन्दिरका अतिथि बनेर विवाह महोत्सवमा सरिक हुनेछन् । यस वर्षका लागि मङ्सिर २१ गते शुक्रबार रामजानकी विवाहको दिन परेको मठका सन्त डा वैष्णले जानकारी दिनुभयो । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन रामजानकीको विवाह भएको सम्झनामा बर्सेनि यो महोत्सव मनाइँदै आइएको उनको भनाइ छ ।
सप्ताहव्यापी मनाइने यो महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ । अयोध्याका राजकुमार श्रीराम, भाई लक्ष्मण र गुरू विश्वामित्रका साथ जनकपुर आएको सम्झनामा महोत्सवको पहिलो दिन ‘जनकपुर नगर दर्शन’ को परम्परा रहेको संस्कृतिका जानकार बताउँछन् । आज मिथिलाञ्चलसहित जनकपुरमा यही उत्सव मनाइँदैछ ।
यसैगरी क्रमशः भोलि पूmलबारी लीला, मङ्गलबार धनुषयज्ञ, बुधबार तीलकोत्सव, बिहीबार मटकोर, शुक्रबार विवाह र शनिबार रामकलेवा उत्सव मनाउने गरिन्छ । सप्ताहव्यापी यस महोत्सवमा पूलबारी लीला जनकपुरमा अचानक बगैँचामा डुल्दै पुगेका रामलक्ष्मणसँग सीताको आमनेसामने भएको कथा वर्णित छ ।
यसैगरी तीलकोत्सवमा राजा जनकबाट वरपूजन र वस्त्रआभुषण भेट, मटकोरमा विवाहको यज्ञवेदी बनाइने र कुलदेवता पूजन तथा रामकलेवामा जन्ती बिदाइका कार्यक्रम गरिने लक्ष्मीनारायण मठका सन्त डा वैष्णले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।