काठमाडौं
ललितपुरको लेलेस्थित लप्सेमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–६ लप्सेस्थित टहरा बनाई बस्ने मकवानपुर घर भएका ६५ वर्षीय पुड्के घलान मृत भेटिएका हुन् ।
आइतबार उनी सोही टहरा नजिकै मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१६ मंसिर २०८१, आइतबार
326
Shares








प्रतिक्रिया