१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कुपण्डोलमा ललितपुर साँस्कृतिक तथा व्यापार मेला हुँदै



मेलालाई मनोरञ्जनात्मक बनाउन धिमे बाजा प्रतियोगिता,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,वाल उद्यान, फोटो तथा भिडियो प्रर्दशनी,रोटे पिङ,ड्रागन,नाउ, मिनी बन्जी जम्पलगायतका खेल खेलाइने

चापागाँउ
ललितपुरको कुपण्डोलमा व्यापार मेला हुने भएको छ । यही पौस ५ गतेबाट सुरु हुने मेला पुस २० सते समापन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मेलामा २ सयभन्दा धेरै व्यापारिक स्टल, मनोरञ्जनका लागि बालउद्यान, मौलिक बाजागाजाको प्रर्दशनी र कृषि औजारको समेत प्रर्दशनी हुने आयोजक संस्था कला संस्कसती संरक्षण ललितपुर नेपालका अध्यक्ष रतन महर्जनले जानकारी दिए । भने विशेष प्रस्तुती रहने ६ दिन बाहेक अन्य दिन प्रवेश नि ःशुल्क गरेका छौं । मनोरञ्जनकोविशेष थलोको रुपमा मेला परिचित हुनेछ ।
मेलालाई मनोरञ्जनात्मक बनाउन धिमे बाजा प्रतियोगिता,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,वाल उद्यान, फोटो तथा भिडियो प्रर्दशनी,रोटे पिङ,ड्रागन,नाउ, मिनी बन्जी जम्पलगायतका खेल खेलाइने संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महतले बताए । उनका अनुसार मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारसँगै भोजपुरी गीतसंगीतका उम्दा कलाकारलाई प्रस्तुतीका लागि निम्त्याउने जानकारी दिइएको छ ।
महोत्सवमा विशेष छुट सहित विभिन्न घरेलु सरसामाग्री खरिद गर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।
मेला कुपण्डोलस्थित महानगरको १ नम्बर वडा कार्यालयसँगै वागमती करिडोरमा आयोजना हुँदैछ । मेला व्यवस्थापनको तयारी सुरु भएको संघका अध्यक्ष महतले बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ४१ बजे