२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गढीमाई मेलामा उच्च सुरक्षा सर्तकता, सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोग



बारा
आसन्न गढीमाई मेलामा उच्च सुरक्षा सर्तकता दिदैं सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोग हुने भएको छ ।

गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिएका छन् । उनले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गरे । सो अवसरमा मेलामा आउने सर्वधारणलाई सहजरूपमा दर्शन गर्ने वतावरण मिलाउन आयोजक समितिका पदाधिकारीलाई आग्रह गरे ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखरकुमार यादव, कांग्रेस बाराका सचिव भैयाराम यादवलगायतले गृहमन्त्री लेखकको स्वागत गरेका थिए ।

गृहमन्त्री लेखकले मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखसहित बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूसँग समग्र मधेश प्रदेशको सुरक्षा अवस्थालगायतबारे जानकारी लिएका थिए ।
गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन् ।

बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको बताए । गृहमन्त्री लेखकले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ५५ बजे