चापागाँउ
गोदावरी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा आफन्त र विश्वासपात्रको नाममा स्थानीयबासीको जग्गा खरिद गरेर नियम विपरित आवासिय क्षेत्रमा विद्युत् प्रशारण लाइनको लागि सव–स्टेशन निर्माण गर्न जग्गा अधिकरणको लागि निर्णय गरिएको छ । जग्गा अधिकरणको लागि सूचना प्रकाशित भएको बेला स्थानीय बासिन्दाहरु नममा रहेको जग्गा मुआव्जा लिने समय नजिकिएसँगै स्थानीय सत्तामा रहेको ठूलाबडाको हातमा पुगेको छ । यो राज्य दुरुपयोग र ठगी हो । यसको मारमा स्थानीय बासिन्दा परेका छन् ।
गोदावरी ८ डुकुछाप साविक ६ नम्बर वडामा रहेको आवासिय क्षेत्रको जग्गा कर्मचारी र जनप्रतिनिधिहरुले मिलेमतोमा खरिद गरेर तीन गुणा मूल्याङ्कन सिफारिस गरेर अनियमितताको प्रयास भएको कागजात फेला परेको छ ।
सव–स्टेशन निर्माणको जग्गा सिफरिस गरेको ठाँउ मालपोत कार्यालय ललितपुरको रेकर्डमा आवासिय क्षेत्र तोकिएको छ । जव की डुकुछापको साविक २ नम्बर वडामा औद्योगिक क्षेत्र निर्माणको निर्णय गरिएको छ ।
सो ठाँउको जग्गा सब स्टेशन निर्माणअघि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानीयसँग खरिद गरेका थिए । गोदावरी ८ डुकुछाप वडा सचिव रमाकान्त यादवले जग्गा नौगडा निवासी आफन्तको नाममा ६ग कित्ता नम्बर १६ रहेको ३८१.४८ वर्गमिटर क्षेत्रफल रहेको जग्गा खरिद गरेको प्रमाण फेला परेको छ ।
डुकुछाप साविक वडा नम्मबर ६मा वडा सचिव रमाकान्त यादवको आफन्तको नाममा रहेको १२ आना जग्गा ३६ लाख रुपैयाँका खरिद गरेको लिखत रहेको छ । यसरी नै यहाँको जग्गा कर्मचारी र जनप्रनिधिले खरिद गरेर नियम विपरित निर्णय गर्दैं राज्यकोषको दुरुपयोग गरेका छन् ।
२०७९ फागुन २४ गते विद्युत प्राधिकरणले २२० ÷१३२÷११ केभी क्षमताको सव स्टेशन निर्माणका लागि जग्गा अधिकरणको सूचना प्रकाशित गरेको थियो । जग्गा अधिकरणको सूचना प्रकाशित भएपछि सूचना लुकाएर स्थानीयसँग भूमाफियामार्फत कर्मचारी र जनप्रतिनिधिहरुले सस्तोमा जग्गा खरिद गरेका हुन् । स्थानीय बासिन्दाहरुका अनुसार ती जग्गा ९० प्रतिशत खरिद गरेको र ती सबै जग्गा कर्मचारी र जनप्रतिनिधिको विश्वासपात्र र आफन्तको नाममा खरिद गरिएको छ ।
गोदावरी नगरपालिकाले गएको बर्ष वडा नं.८ डुकुछापस्थित साविक २ नम्बर वडामा औद्योगिक क्षेत्र निर्माणको योजनासहित जग्गा बर्गीकरण गरेको छ । तर आफ्नै निर्णयविरुद्ध डुकुछाप साविक ६ नम्बर वडामा रहेको खेतीयोग्य जमिनमा भूमाफियाहरुको साँठगाठमा विद्युत् प्रशारण केन्द्र स्थापनाको लागि मुआव्जा सिफारिस गरेको खुलेको छ ।
मालपोत कार्यालय ललितपुरको रेकर्ड अनुसार तत्कालीन डुकुछाप गाविसको वडा नं. १,३,४,६,७, ८,१०,११,१२,१३ र १४ आवसिय क्षेत्र हो । वडा नंंं २ को केह ीभाग मात्रै औद्योगिक ग्राम रहेको छ ।
२०८० जेठ ५ गते बसेको नगरपालिकाको भू उपयोग परिषदकोे बैठकले साविक वडा नं. ६ खमा रहेको कच्ची मोटर बाटो भएको जग्गाको २५ लाख ५० हजार, गोरेटो बाटोको १७ लाख ५० हजार र बाटो नभएको जग्गा ११ लाख ५० हजार मुआव्जा सिफारिस गरेको थियो । तर स्थानीय बासिन्दाहरुलाई गठी गरेर जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ जेठ ४ गते सि ०७२२३९ नम्बरको दर्ता नम्बरमा उजुरी दर्ता गरे ।
अख्तियारमा उजुरी परेपछि तर्सिएका जनप्रतिनिधि र कर्मचारीहरुले निर्णय सच्याउन भन्दै फेरि अर्को बैठक बसेर नयाँ निर्णय गरेको छन् । सो निर्णय पनि नियम विपरित रहेको पाइएको छ । नियम विपरित निर्णय गर्न बसेको सो नगरपालिकाको भू उपयोग परिषदकोे बैठकमा मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइराला, वडाध्यक्षहरु श्रीराज थापा, मनोहर सिलवाल,सानुराजा घिमिरे, सानुभाई नगरकोटी। मिलन सिलवाल,विष्णुमान महर्जन, मथुराप्रसाद शर्मा, सुकबहादुर लामा, आत्माराम थापा क्षेत्री,शेखर न्यौपाने,निलबहादुर देशार,जगतबहादुर महर्जन,भास्कर थापा, निरोज बज्राचार्य, सदस्यहरु लक्ष्मीदेवि महर्जन,बिना नगरकोटी,उमा खड्का,राममायाँ नेपाली, उमा विशुके रिता पुर्कुटी मिजार, रामकृष्ण दनुवार सहभागी थिए । नियम विपरित निर्णय हुन लागेको थाहा पाएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालाले भने निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।(हेर्नुस तस्विरमा)
२०७८ वैशाख ७ गते गते गोदावरी नगरपालिकाको कार्यपालिका बैठकले वडा नं. ८ डुकुछापस्थित साविक २ नम्बरमा रहेको २ग कित्ता नम्बर २१मा रहेको ५४ रोपनी १३ आना रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । आफैले निर्णय गरेको औद्योगिक ग्रामको जग्गा हुँदा हुँदै भूमाफियाको चलखेलमा आर्थिक अनियमिता गर्दै बस्तीमा विद्युत सब स्टेशन निर्माण गर्न लागिएको स्थानीयहरु बताउछन् ।
बस्ती नजिकैको सो ठाँउमा सब स्टेशन निर्माण गर्दा स्थानीयहरु दुर्घटनाको शिकार हुनसक्ने त्रासमा छन् । एक स्थानीयले बस्तीनजिकै सश स्टेशन बनाउने भन्दा जंगलनजिकै रहेको औद्योगिक ग्राममा बनाउनु उचित हुने बताए । नाम उल्येख नगर्ने शर्तमा भने, ‘बस्तीको बीचमा सब स्टेशन हुँदा ध्वनी प्रदुषण हुन्छ । २२० केभि प्रशारणलाइनका कारण दुर्घटना हुनसक्छ । तार र टावर बनाउन नीजि जग्गामा प्रयोग गर्दा सरकारलाई अधिकरण गर्न पनि खर्च बढ्छ ।’
५७ रोपनाी जग्गामा निर्माण हुने सो सव स्टेशनको जग्गा गत बषाा याममा आएको बाढीका कारण करिव १० रोपनी जग्गा वागमती नदिलेले बगाएको छ ।
विद्युत् प्राधिकरण ललितपुरका प्रमुख विजय महत्तोले सव स्टेशन निर्माण र निर्णयका विषयमा अनविज्ञता प्रकट गरे ।
वडा सचिव रमाकान्त यादवले ललितखबरसँगको कुराकानीका क्रममा सो जग्गाको सम्बन्धमा आफूलाई केही थाहा नभएको र पछि सम्पर्कमा आउने आश्वासन दिदै कुरा गर्न चाहेनन् ।
प्रतिक्रिया