२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गढिमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका युवक पक्राउ



बरहथवा (सर्लाही)
गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो । प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।