९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्रीलालीगुराँस सहकारीको रकम अझै भएन फिर्ता



हामीले मागदाबीको सूचना पटक पटक प्रकाशन गरेका छौं । ऋणीहरुसँग रकम असुलीको ताकेता गरिरहेका छौं

ललितखबर
पुल्चोकस्थित श्रीलाली गुराँस बुहुउद्देश्यीय सहकारी सस्थाले झण्डै दुई बर्षसम्म बचतकर्ताको रकम फिर्ता गरेन । प्रर्दशन, उजुरी र मुद्दामामिलाको श्रृखलापछि अन्ततः गत चैत्रमा सहकारी मन्त्रालयले खारेजीको निर्णय ग¥यो ।
सहकारी खारेजीपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले कार्यालय र कागजात नियन्त्रणमा लिएर बचतफिर्ताको प्रकृया सुरु ग¥यो । तर सहकारी नियन्त्रणमा लिएको एक बर्ष पुग्न लाग्दा समेत बचतकर्ताको रकम फिर्ता दिएको छैन ।
समितीका अध्यक्ष श्रीमनकुमार गौत्तम रकम फिर्ताको प्रयास भइरहेको बताउछन् । भन्छन्, ‘हामीले मागदाबीको सूचना पटक पटक प्रकाशन गरेका छौं । ऋणीहरुसँग रकम असुलीको ताकेता गरिरहेका छौं ।’
सहकारीको बचतफिर्ताका लागि तत्कालीन व्यवस्थापकहरुको सकारात्मक भूमिका जरुरी हुने अध्यक्ष गौत्तम बताउछन् । ‘सबैको सहयोगमा हामीले बचतकर्ताको रकम फिर्ता गर्ने हो’ उनी भन्छन् ।
समितीकी कर्मचारी प्रतिक्षा शर्मा रकम फिर्ता गर्न अझैं केही महिला लाग्नसक्ने बताउछिन् । भन्छिन्, ‘हामी निरन्तर काम गरिरहेका छौं ।’
समितीले तत्काल १ लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने शर्मा बताउछिन् । भन्छिन्, ‘ठूलो रकम भएका बचतकर्ताको फिर्ता गर्न समय लाग्छ । हामीले पनि सम्पती लिलामी र ऋणीबाट असुल गरेर दिने हो ।’ समितीले शेयरधनीको शेयरबापतको रकम भने अन्तमा फिर्ता गर्ने भएको छ । सबै बचतकर्ताको रकम फिर्ता गरेपछि नाफा घाटाको हिसाव गरेपछि बाँकी रहेको रकम दामासाहीले फिर्ता गर्ने समितीको योजना छ ।
खारेजीमा गएपछि सहकारी आफैले संचालन गरिरहेका सबै व्यावसाय घाटामा छन् । कतिपय व्यावसाय अहिले बन्द छन् । सहकारीका संचालक एबं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी बचतकर्ताको रकम फिर्ताका लागि समितीसँग सहकार्य गर्नुको सट्टा सहकारी खारेजीको विरुद्ध अदालत गएपछि कामका अन्यौल भएको कर्मचारी आरोप लगाउछन् । आरोपबारे बुझ्न खोज्दा भण्डारी सम्पर्कमा आउन चाहेनन् ।
समयमै रकम फिर्ता नहुँदा बचतकर्ता मर्कामा परेका छन् । जीवनभरको कमाई व्याजको भरमा जीवन चलाउने आशमा धेरैले सहकारीमा बचत गरेका थिए । तर सहकारीले व्याज र सावा समेत नदिएपछि बचतकर्तालाई आपत परेको छ । सहकारी खारेज गरेर बचत फिर्ताको निर्णय गरेपछि धेरै सहकारीका सदस्य हर्षित भए पनि लामो समयसम्म रकम फिर्ता नगर्दा अन्यौल श्रृजना भएको छ ,।

 

गाई फामबाट कमाएको पैसाले २ सय ९६ वटा गाईलाई आहारा किन्न पुग्दैन । पछिल्लो समय समस्या बढ्दै गएको छ

गाई पाल्नै समस्या
लालीगुराँस सहकारीले चितवनको खैरहनीमा गाई फाम सञ्चालन गरिरहेको छ । सहकारी खारेजीको निर्णयसँगै गाईफामको कन्तविजेक गएको छ ।
गाईलाई दाना खुवाउन रकम अभाव भएपछि के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा शुक्रबार समस्याग्रस्तको कार्यालयमा लागीगुराँस सहकारीका पुर्व व्यवस्थापनले छलफल गरेको छ ।
समितीले माफको गाई बिक्रिको लागि सूचना प्रकाशन गरेर प्रस्ताव आह्वान गरेको छ । बिक्री नहुन्जेल व्यवस्थापन गर्न समस्या भएको छ ।
एक कर्मचारी भन्छन्, ‘गाई फामबाट कमाएको पैसाले २ सय ९६ वटा गाईलाई आहारा किन्न पुग्दैन । पछिल्लो समय समस्या बढ्दै गएको छ ।’

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ४४ बजे