२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


च्यासलको एक क्याफेमा युवकको चक्कु प्रहार गरेर हत्या,सञ्चालक, कुक र युवक पक्राउ



ललितपुर
ललितपुर च्यासलको एक क्याफेमा आएका युवकको चक्कु प्रहार गरेर हत्यापछि क्याफेका सञ्चालक, कुक र युवक पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
भट्टले क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गरेको प्रहरीको भनाई छ । चक्कु प्रहारबाट घाइते भट्टलाई बिएण्डबि अस्पताल ग्वार्को उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
उनीहरुलाई प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।