१६ पुस २०८१, मंगलबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भद्रगोल छ,चिरीबाबुको शहर ललितपुर महानगर (तस्विरहरु)



ललितखबर/पाटन
सधै भीडभाड हुने ललितपुरको मुख्य चोक चिटिक्क देखिन्छ । तर ललितपुरका धेरै ठाँउ अस्तव्यस्त र भद्रगोल रहेका छन् ।
ललितपुरका मेयर चिरीबाबु मर्हजन साना तिना कुराको पनि प्रचार गर्न भ्याइहाल्छन् । उनी अघिपछि पत्रकारको भिड लगाउन पनि खप्पिस छन् । मेयर चिरीबावु महर्जनले ट्वाइलेट उद्घाटन गरेको समेत समाचार प्रचार प्रसार गरिएको पाइन्छ । त्यसैले धेरैलाई भ्रम छ, ललितपुरलाई मेयर चिरीबाबुले सुन्दर बनाएका छन् ।

 

सडक
आठ मिटरभन्दा साघुरा सडक सडक विभागले मर्मतसम्भार गर्दैन । ती सडक स्थानीय निकायले व्यवस्थित राख्ने जिम्मेवारी हो । तर ललितपुर महानगरका भित्री गल्लीका सडक सधै अस्तव्यस्त छन् । पाटन सुन्धारा वरपारका सडक होस वा धापाखेल,हरिसिद्ध, खोकना वा बुङमती सबै तिरका गल्लीका सडक भत्केर हिलाम्मे र धुलाम्मे भेटिन्छन् ।
धापाखेलको मुख्य खडक भत्केको छ । त्यो सडक सडक विभागले काम गरिरहेको छ । यहाँ महानगरले काम गराउन सक्दैन । तर धुलो रोक्न सडकमा पानी राख्ने गरेको पाइदैन ।

 पार्क
सहरको सभ्यताको प्रतीक ललितपुरका पार्कहरु पनि अस्तव्यस्त छन् । शंखमुल पार्क युएन पार्कलगायत सबै ठाँउमा संरक्षण गरिएको पाइदैन ।
यी सबै तस्विरहरुले ललितपुर महानगर व्यवस्थित र सफा भन्ने बोलिरहेको छ ।

 

सरसफाई
ललितपुरको मुख्य चोकहरुमा सरसफाई गरेको भेटिदैन । यहाँका सरसफाई ठाँउ ठाँउमा विहान अबेरसम्म पनि फोहोर उठेको हुँदैन । जहाँ त्यही कागज र सूर्तिको प्लाष्टिक फ्याकिएको भेटिन्छ ।

 

ट्राफिक
ललितपुर महानगरको प्रहरीमा पुर्व ट्राफिक सिताराम हाथेछु प्रमुख छन् । उनले महानगरभित्र नगरप्रहरीमार्फत समानान्तर रुपमा ट्राफिक प्रहरीको काम गराइ रहेका छन् । त्यसैले महानगरको गल्लीमा ट्राफिक प्रहरी पुग्दैन । तर महानगरिय प्रहरीले सवारी चालकहरुलाई नियम लागू गराउन सकेको पाइदैन ।
पाटन शहरका एकातर्फी सडकमा निर्वाध रुपमा सवारी चलिरहेका छन् । ट्राफिक कारवाही भोग्न नपर्ने हुँदा स्थानीय हाकाहाकी गाडी कुदाउछन् । पाटन ढोकामा एकातर्फी र चारपाङ्ग्रे सवारी निषेध गरेर बार्ड राखिएको छ । तर नगरप्रहरी सवारी रोक्दैन । कारवाही गर्दैन । यहाँको सडकमा अराजकता देखिन्छ ।

पाकिङ
अस्तव्यस्त पार्किङको नमूना हो, ललितपुर महानगर । महानगर अगाडि पुल्चोकस्थित सडकमै महानगरले बोर्ड झुण्ड्याएर निः शुल्क पार्किङ भन्दै विज्ञापन राखेर सडक अस्तव्यस्त बनाउन सघाएको छ । पाटनढोका, सातदोबाटो,मंगलबजार,जावलाखेलजस्ता सहरका मुख्य चोकमा मोटरसाइकल र गाडी राखिएको पाइन्छ ।
भूमिगत पार्किङको व्यवस्थापन गरिएको छैन । महानगरले पहल गरेर भाडा वा सार्वजनिक स्थलको उपभोग गरेर पार्किङ व्यवस्थित गर्नु पर्नेमा महानगरका मेयर चिरीबाबुले पहल नगरेको स्थानीयबासी बताउछन् ।

सौन्दर्य
पटन सहरको सौन्दर्यको अवस्था पनि नाजुक छ । ठाँउ ठाँउमा सडकका भित्ताहरुमा जे पायो त्यही चित्र बनाइएको छ । एनजिओ र आएनजिओको स्वार्थ अनुकूलका चित्रहरु कोरिएका छन् । ठाँउ ठाँउमा कालो मसीले केरमेट गरिएको छ । अधिकाशं स्थानका भित्ता भत्किएका छन् ।

हरियाली
शहरलाई हरियाली बनाउने भन्दै महानगरले तामझामका साथ राखिएको गमलाको विरुवा मर्न थालेका छन् । धेरै गमलामा फोहोर भेटिन्छ । नियमित पानी दिइएको छैन । गमलाको सरसफाई र रंग गरिएको छैन । फुटपाथमा रोपिएको विरुवा भाँचिएको छ । उखेलिएको छ । हेरचाह छैन ।

फुटपाथ व्यापार
ललितपुरमा फुटपाथ व्यापार गर्न सहज छ । विहान ८ बजेदेखि साँझ ७ बजेसम्म फुटपाथ बन्द गरिएको भए पनि साँझ ५ बजे नै फुटपाथ र सडकमा व्यापार गर्नेहरुलाई कसैले रोक्दैन । ललितखेलदेखि मंगलबजारसम्म साँझ विहान बटुवा र चालक ओहोर दोहोर गर्न सक्दैनन् । वैकल्पिक बाटो प्रयोग गर्न बाध्य हुनुपर्छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ०९ बजे