काठमाडौं
ललितपुरको चापागाँउमा एक डोजरको ठक्करपछि एक स्थानीयको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा ना.१ क ५९१३ नम्बरको जेसिवी डोजरको ठक्करबाट पैदलयात्री ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको हो ।
डोजर पछाडि आउने क्रममा ठक्कर दिएपछि उनी घाइते भएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जेसिवी चालक सुरेश स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना लगत्तै उनको प्रेस बढेको भन्दै प्रहरीले बज्रवाराही चापागाँउ अस्पताल लगेको थियो ।
उपचार पछि महानगरिय प्रहरी बृत्त चापागाउमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि सवारी ज्यानको मुद्दा अघि बढ्ने प्रहरीको भनाई छ । उनलाई मुद्दा अवधिभर प्रहरीको हिरासतमा राखिनेछ ।
डोजर चालक स्याङ्तानलाई कानूनी कारवाहीको माग गर्दै मृतकका परिवारले जाहेरी दिएका छन् ।
स्थानीय डिपोमा डोजरले काम गरिरहेको अवस्थामा सो दुर्घटना भएको थियो ।
प्रतिक्रिया