ललितपुर
ललितपुरको गोदावरी नगरपालिका–१३ झरूवाराशीमा एक वालिकाको इनारमा डुवेर मृत्यु भएको छ ।
सुर्खेत गुरूवाकोट नगरपालिका–२ घर भई सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगी केही समयदेखि यहाँ बस्दै आएका थिए ।
शनिबार साँझ ईनारमा डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
१४ पुस २०८१, आइतबार
2.2k
Shares
प्रतिक्रिया