२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


काठमाडौंका मेयर बालेन किन घरभाडा तोक्दैनन् ?



अनि संघीय सरकारको कामप्रति प्रश्न उठाइरहँदा मेयर बालेनले आफ्नो कार्यक्षेत्रभित्र चाँहि के काम गरे त ? आखिर भन्नुपर्दा उनले केही पनि गरेका छैनन् । किनकि आम नागरिकको सबैभन्दा टाउको दुखाईको विषय हो, घरभाडा । काठमाडौंका घरधनीहरु मनोलाग्दी भाडा असुल्छन् । सेवासुविधा केही दिदैँन

 

रुषा थापा
केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले तीनकुनेस्थित आयोजित कोटेश्वर महोत्सवमा भने, ‘दुई तिहाईको सरकारले केही गरेन ।’काठमाडौं देशकै राजधानी हो । यहाँ देशभरका जनता बसोबास गर्छन् । त्यो पनि अधिकांश भाडामा । कोही रोजगारीका लागि त कोही शिक्षाका लागि कोठा भाडामा लिएर बसिरहेका छन् ।
त्यस्तै, व्यापार व्यवसाय गर्नकै निम्ति राजधानीमा सटर भाडामा लिएर बस्ने पनि त्यत्तिकै छन् । तर, बाहिरी जिल्लाका जनताको बाध्यताको फाइदा यहाँका घरधनीहरुले उठाइरहेका छन् । यहाँका घरधनीहरु एउटै कोठाको पाँच हजारदेखि २० हजार रुपैयाँसम्म असुल्छन् । एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि लाखौं रुपैयाँसम्म मासिक भाडा उठाइन्छ ।
खाली सटर त लाख रुपैयाँसम्म किनबेच हुन्छ । बाहिरी जिल्लाका जनताहरु खाईनखाई भएपनि घरधनीले तोकेजति भाडा तिरिसकेका छन् । फेरि भाडा तिरेपनि सेवासुविधा भने शून्य छ । बत्ती नबालेपनि दोब्बर रकम असुलिन्छ । पानी दिइदैँन तर बिलमा आएको सबै पैसा तिराइन्छ । कपडा सुकाउन ठाउँ हुँदैन ।

घाम ताप्न छतमा जान पनि दिइँदैन । घरधनीहरु डेराबहाललाई दासी सोच्छन् । उनीहरुले भनेको नमानेमा सरेर जा भनिहाल्छन् । त्यसकारण पनि डराबहालहरु चुपचाप बस्न बाध्य भएका छन् । राजधानीमा सञ्चालित आधाभन्दा बढी व्यवसाय दर्ता नै भएका छैनन् ।

अनि संघीय सरकारको कामप्रति प्रश्न उठाइरहँदा मेयर बालेनले आफ्नो कार्यक्षेत्रभित्र चाँहि के काम गरे त ? आखिर भन्नुपर्दा उनले केही पनि गरेका छैनन् । किनकि आम नागरिकको सबैभन्दा टाउको दुखाईको विषय हो, घरभाडा । काठमाडौंका घरधनीहरु मनोलाग्दी भाडा असुल्छन् । सेवासुविधा केही दिदैँन । डेराबहालहरु घरधनीहरुको अमानवीय व्यवहारका कारण वक्कदिक्क भएका छन् ।

 

काठमाडौंका घरधनीहरु डेराबहालसँग चर्को भाडा असुल्छन् तर आफुले तिर्नुपर्ने राजस्व भने छल्छन् । घर महिनौंदेखि खाली रहेको भन्दै ढाँटिन्छ

अहिले उपत्यकामा डेरामा बस्नेहरुको एकै स्वर छ, ‘घरभाडा निर्धारण गरियोस् ।’ अनि खै त उनीहरुको आवाज सुनेको मेयर बालेनज्यु ? दुई तिहाईको सरकारले केही गरेन भन्दै भाषण गरिहँदा तपाईंले देशभरका जनताका लागि के गर्नुभयो ? स्मरण रहोस् कि काठमाडौं यहाँका स्थानीयबासीको मात्रै होइन, देशभरका जनताको हो । त्यसैले, मेयर बालेनले कुनै पनि निर्णय लिँदा मुलुकभरका जनताको हितमा हुने गरी गर्नुपर्छ ।
बाहिरी जिल्लाका जनताहरु आशा लगाएर बसेका छन् कि मेयर बालेनले घरभाडा निर्धारण गर्छन् । विडम्वना, यसप्रति उनको कुनै चासो छैन । काठमाडौंका घरधनीहरु डेराबहालसँग चर्को भाडा असुल्छन् तर आफुले तिर्नुपर्ने राजस्व भने छल्छन् । घर महिनौंदेखि खाली रहेको भन्दै ढाँटिन्छ । कि त आफन्त सित्तैमा बसेको बताइन्छ । अनि वडा कार्यालयले अनुगमन नगर्ने भएकाले घरधनीहरुले भनेको झुट्टा कुरामा विश्वास गरेर राजस्व छुट दिइन्छ ।


डेराबहालसँग खन्खन्ती पैसा लिन्छन् तर बिल चाँहि दिँदैनन् । अहिले राजधानीमा घरधनीहरुको लुटतन्त्र छ । यद्यपि, काठमाडौं महानगरपालिकाले यसका लागि केही गरेको पाइदैँन । घरभाडा निर्धारण गर्न पाउने अधिकार स्थानीय सरकारसँग हुँदाहुँदै महानगरले किन नतोकेको ? यसको जवाफ अब मेयर बालेनले दिनुपर्छ । अरुमाथि प्रश्न उठाउने उनले आफुले भने के–के गरे छ ? यो जनतालाई जानकारी गराउनुपर्छ ।
नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । त्यसमध्ये महत्त्वपूर्ण घरभाडा निर्धारण गर्न पाउने र भाडाका गाडीको दर्ता खोल्न माग गर्न पाउने अधिकार पनि स्थानीय तहसँग छ । व्यवसाय दर्ता, नवीकरण, राजस्व संकलन, घर नक्सा स्वीकृतलगायत आफ्नो गाउँ तथा नगरभित्र हुने सम्पूर्ण क्रियाकलाप गर्न दिने–नदिने भन्ने अधिकार स्थानीय तहमा रहन्छ ।
योसँगै बजार अनुगमन, आफ्नो कार्यक्षेत्रभित्रका सार्वजनिक, सरकारी, गुठीका जग्गा खोजतलास तथा संरक्षण, मठमन्दिरको संरक्षण गर्नेजस्ता काम पनि स्थानीय सरकारकै हो । पहिलापहिला संघले मात्रै यी काम गर्न पाउन्थ्यो । तर, संघीयतासँगै संविधानले स्थानीय सरकारलाई यो अधिकार दिएको हो । त्यसैले त गाउँ गाउँमा सिंहदरबार भनियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : २८ बजे