२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको धोविघाटमा एक युवती मृत फेला



काठमाडौं
ललितपुरको धोविघाटमा एक युवती मृत फेला परेकी छिन् ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
साथै बुढानिलकण्ठको बुढनिलकण्ठमा पनि एक बृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सो नगरपालिका– ५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मृत भेटिएका हुन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।