२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु



२३ पुस । चीनको तिब्बतमा बिहान गएको शक्तिशाली भूकम्पमा परी ५३  जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ५३  जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ७.० म्याग्निच्युडको रहेको जनाएको छ । तर चिनियाँ सञ्चारमाध्यमहरूले भने ६.८ म्याग्निच्युडको भएको बताएका छन् ।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि महसुस गरिएको थियो । गृह मन्त्रालयका अनुसार नेपालमा भने यो भूकम्पबाट कुनै ठूलो क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ११ : २३ बजे