२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु करिडोर नबनाएको भन्दै स्थानीय र व्यावसायीको आक्रोस



खोला रेखांकन गरेर मापदण्ड अनुसार स्थानीय जग्गा धनी सहमत छन् । तत्काल खेतको जग्गा नक्सा अनुसार नापी गर्नुप¥यो

ललितखबर/चापागाँउ
ललितपुरको नख्खुबाट दक्षिण ललितपुरको टिकाभैरव जाने करिडोर सडक बनाउन स्थानीय सरकारले सहयोग नगरेको भन्दै व्यवसायी र स्थानीय बासिन्दा रुष्ट छन् ।
गत असोज ११ र १२ गते नख्खु खोलामा आएको बाढीले खेत पुरिएपछि पछिल्लो समय स्थानीय बासिन्दा अन्यौलमा छन् । खोलाको सिमांकन गरेर सडक छुट्याउन माग गर्दै खेतधनीहरु जनप्रतिनिधिहरुलाई अनुरोध गरिरहे पनि काम नभएको भन्दै उनीहरु रुष्ट बनेका हुन् ।
चापागाँउका सानुकाजी देशार करिडोर बनाउन र बाढीले बगाएको खेत छुट्याउन स्थानीय सरकारले ध्यान नदिएको गुनासो गर्छन् । भन्छन्,‘खोला रेखांकन गरेर मापदण्ड अनुसार स्थानीय जग्गा धनी सहमत छन् । तत्काल खेतको जग्गा नक्सा अनुसार नापी गर्नुप¥यो ।’
नख्खु करिडोर निर्माण नहुँदा निर्माण सामाग्री ढुवानी गर्ने व्यावसायी समेत रुष्ट छन् ।

 

नगरपालिका कर मात्रै उठाउछ । हामीलाई सास्ती मात्रै छ । स्थानीय बासिन्दा सधै हाम्रो टिपर रोकेर दुःख दिन्छन्

टिपर व्यावसायी शेखर महत नख्खु करिडोर व्यावसायीहरु आफै मिलेर बनाएको दाबी गर्छन् । ‘ढुंगा ढुवानी गर्न हामी आफैले लगानी गरेका छौं । नगरपालिका कर मात्रै उठाउछ । हामीलाई सास्ती मात्रै छ । स्थानीय बासिन्दा सधै हाम्रो टिपर रोकेर दुःख दिन्छन् ।’ व्यावसायी महत गुनासो गर्छन् ।
पछिल्लो समय यहाँ रहेका घाटहरु समेत खोलाले बगाएपछि लास जलाउन नपाएको स्थानीय राज देशार बताउछन् । उनी भन्छन्, ‘हामीले परम्परादेखि नै नख्खु खोला किनारको घाटमा सद्गत् गर्दै आएकोमा परम्पराविपरित पशुपति आर्यघाटमा गर्नु परेको छ ।’
खोलाले गोदावरी ११ चापागाँउमा वडाध्यक्ष निलबहादुर देशार खोलाले बगाएको खेत जग्गा धनी आफैले बनाउनु पर्ने बताउछन् । भन्छन्, ‘जग्गा विवाद आए मात्रै हामीले मिलाइदिने हो । त्यस्तो केही विवाद आएको छैन ।’


बाढी पहिरोजस्ता विपत्को बेलामा स्थानीय सरकारले खोला छुट्याएर जग्गा धनीको यतार्थ सिमांकनको लागि नगरपालिकाले योजना ल्याउनु पर्ने बताउदै आएका छन् । स्थानीय सरकारले करिडोरको जग्गा सडक र खोला सिमांकन नगरे आन्दोलनमा उत्रेर सडक बन्द गर्ने तयारी रहेको एक स्थानीयले ललितखबरलाई जानकारी दिए ।
बाढीले सयौं टहरा, बंगुर,हाँसलगायतका पशुपञ्छी बगाउदा करोडौंको क्षति भएको थियो । नख्खु करिडोर नख्खुबाट सुनाकोठीको सिमानासम्म दुवैतर्फ २० मिटर मापदण्ड छुट्याएर निर्माण सम्पन्न भइसकेको छ । गोदावरी १२ र ११ वडामा पर्ने ठेचो र चापागाउ क्षेत्रमा जग्गा विवादपछि सडक विस्तार हुन सकेको छैन ।

 

 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : २७ बजे