नख्खु करिडोर निर्माण तत्काल गर्नुप¥यो । म सम्बन्धित निकायमा धर्ना बसेर भए पनि निर्णय गराउछु । तपाईहरुको साथ चाहियो
ललितखबर/चापागाँउ
ललितपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिएसँगै जिल्लाको क्रसर र खानी दर्ता गर्नुपर्ने भन्दै नयाँ निर्णय गरिएको छ ।
विहीबार बसेको बैठकले जिल्लामा सञ्चालित खानी र क्रसर मापदण्ड पु¥याएर मात्रै सञ्चालन गर्नुपर्ने सरोकारवालाले निर्णय गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी प्रमुखको जोड बलले खानी मापदण्ड पु¥याएर दर्ता गर्नु पर्ने निर्णय गराएका हुन् ।
धेरै कुरा छन् । हाम्रो जोडबलले केही चल्दैन
बैठकमा ललितपुर ३की संघीय सासंद तोसिमा कार्कीले खानी र क्रसरको मुद्दाभन्दा पनि नख्खु करिडोर निर्माण गर्नुपर्ने र प्रदुषण कम गर्ने उपाय खोजी गर्दै छलफल गरिन् । तर सिडियो र प्रहरी प्रमुखको ध्यान भने क्रसर र खानीको खर्तामा केन्द्रित थियो । उनीहरुले नख्खु करिडोर निर्माणको पहल गर्ने विषयमा बोल्दै बोलेनन् । बरु मर्मत गर्नु पर्ने विषयमा जोड दिए ।
संघीय सासंद तोसिमा कार्कीले भैसेपाटी क्षेत्रमा प्रदुषण बढेको भन्दै चर्को आवाज उठाएकी थिइन् । उनले प्रदुषण रोक्न टिपर धोएर मात्रै शहर पठाउन माग गरिन् । उनले भनिन्, ‘नख्खु करिडोर निर्माण तत्काल गर्नुप¥यो । म सम्बन्धित निकायमा धर्ना बसेर भए पनि निर्णय गराउछु । तपाईहरुको साथ चाहियो ।’
क्रसर तथा खानी व्यावसायी मधुसुदन डोटेलले गत असोज ११ र १२ गते गएको बाढीका कारण बगाएको नख्खु करिडोरको सडक आफूलगायत व्यावसायीहरुले करोडभन्दा धेरै रकम खर्चेर बनाएको बताए । ‘हाम्रो उद्योग चलाउन सरकारले पुर्वाधार बनाउनु पर्नेमा हामी आफै सडक बनाएर खानी चलाइरहेका छौं । हामीले तिरेको करबाट विकाश नगर्ने हामीलाई नै दुः ख दिने ?’ उनले उल्टै प्रश्न गरे । एक व्यावसायीले नयाँ सिडियो र प्रहरी प्रमुख जिल्लामा आएपछि बैठक बसेकोले व्यावसायीमाथि दबाब श्रृजना गर्ने आसय रहेको बताए । भने ‘धेरै कुरा छन् । हाम्रो जोडबलले केही चल्दैन ।’
जिल्लामा खानी र क्रसरका नाममा अनावश्यक राजनीति हुने गरेको सरोकार वाला बताउने गरेका छन् । बेला बेलामा खानी बन्द गरेर पैसा असुल गरेपछि पुन खानी सञ्चालन गर्न दिने गरिएको स्थानीय बताउछन् ।
हाम्रो उद्योग चलाउन सरकारले पुर्वाधार बनाउनु पर्नेमा हामी आफै सडक बनाएर खानी चलाइरहेका छौं । हामीले तिरेको करबाट विकाश नगर्ने हामीलाई नै दुः ख दिने ?
यहाँका व्यावसायी भने मापदण्ड पुरा गरेर खानी सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउछन् । उनीहरु वन र बस्नी नभएको ठाँउ नै नभेटिने हुँदा त्यो मापण्ड पुरा गर्न कही कतै नभएको जिकरि गर्छन् ।
बैठकमा सहभागी व्यावसायीले आफूहरुले २०८० चैत्र २३ गतेको निर्णय अस्वीकार गरेकोले नमान्ने भन्दै विरोध गरेका थिए । उनीहरु सो निर्णय कार्यान्वयन गर्नु परेको अवस्थामा उद्योगको साँचो ताल्चा प्रशासनलाई जिम्मा लगाउने धम्की दिन्छन् । सोही क्षेत्रबाट माटो ल्याएर त्रिभुवन विमानस्थल पुर्न सुरु गरिएको कारण खानी बन्द गर्न अवस्थामा समेत नरहेको व्यावसायी बताउछन् ।
रमेश ढकाल गतकार्तिक ७ गत ललितपुरको प्रमुख जिल्ला अधिकारी(सिडियो)को रुपमा सरुवा भएर ललितपुर आएका थिए भने जिल्ला प्रहरी परिसर ललितपुरमा श्याकृष्ण अधिकारीले केही दिनअघि जिम्मेवारी पाएका थिए ।
सोही समयसम्म जिल्लामा कार्यरत ललितपुरका प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत तुलसीबहादुर श्रेष्ठ श्रेष्ठ गृहमन्त्रालयमा सरुवा भएका थिए ।
ललितपुर परिसरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको थियो ।
यसअघि अधिकारी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
प्रतिक्रिया