१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


अनेरास्ववियु ललितपुर अध्यक्षमा सन्तोष बजगाईं



ललितपुर
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुरको अध्यक्षमा सन्तोष बजगाईं चयन भएका छन् । अनेरास्ववियुको ललितपुर जिल्ला समितिको २८ औं जिल्ला सम्मेलनबाट बजगाईंको नेतृत्वमा बजगाईं अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा नमिता बजगाईं, दिनेश तिमिल्सिना र दिपेन सिजापती, सचिवमा सागर तिमिल्सिना, सहसचिवमा रजतचन्द्र घिमिरे, सलिन शाक्य र अनिश हुमागाईं र कोषाध्यक्षमा मनिष सिवाकोटी चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल ३ बर्ष रहेको छ । निर्वाचित भएपश्चात् नवनिर्वाचित अध्यक्ष बजगाईंले अनेरास्ववियु सक्रियता र संगठन विस्तार आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।

अनेरास्ववियु ललितपुरको २८ औं अधिवेशनको उद्घाटन ललितपुरको लेलेमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले) का सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए ।
कार्यक्रममा एमाले सचिव भट्टराई ,अनेरास्ववियुका अध्यक्ष समिक बडाल,बागमती प्रदेश सभा सदस्य तथा अनेरास्ववियुका पूर्व नेता मधुसूदन पौडेल,एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य,अनेरास्ववियु स्थायी कमिटी सदस्य भवानी बजगाई, अनेरास्ववियु ललितपुरका संयोजक युनिक दाहाललगायतले विद्यार्थी आन्दोलनको विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ५१ बजे