७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लेलेको बनमा ढुंगा निकालेको भन्दै डोजर सिलबन्दी तर व्यावसायीले लुकाए



ललितखबर
दक्षिण ललितपुरको नल्लु खोला नजिकै लेले टिकाभैरव वन क्षेत्रबाट ढुंगा निकालेको भन्दै खानीका डोजर सिल गरिएको छ ।
आइतबार प्रहरीसहित वन प्रशासनका कर्मचारीले ३ वटा डोजर र एउटा गाडी सिल गरेका हुन् । वन कार्यलयबाट डोजर सिल गरिएको भए पनि व्यावसायीले सबै मेसिन उठाएर लगेका छ्न् । दुम्सीडोल सामुदायिक वन उपभोक्ता समितीको अधिनमा रहेको वन क्षेत्रमा ढुंग निकाल्ने क्रममा वन कार्यालयले अपरेसन गरेको थियो । दुई घण्टा अघि नै अपरेसनको सूचना पाएपछि काम गर्ने मजदुरहरु पक्राउ पर्ने डरले खानी क्षेत्रबाट भागेका थिए ।
वन कार्यालयका प्रमुख हेमबहादुर खड्का वन कार्यालयले सुरु गरेको अपरेसन नरोकिने दाबी गरे । जनप्रतिििधहरु समेत अतिमणमा संलग्न रहेको सो घटना रोक्न कठीन रहेकोतर्फ औल्याउदै डिएफओ खड्काले भने, ‘मैले मात्रै कारवाही प्र्रकृया सुरु गरेर हुँदैन । स्थानीय, पत्रकार र सबै प्रशासनको सहयोग जरुरी छ ।’
आफू डिएफओ भएर आएपछि वन संरक्षणमा लागेको बताउने खड्का जसरी भए पनि वन मास्न नदिने अडान ललितखबर संवाददाता समक्ष राखे । भने, ‘म ज्यान गए पनि बन मास्न दिदै दिन्न ।’
स्थानीय बासिन्दा वन क्षेत्रमा पहिरो लगाएर ढुंगा निकाल्ने काम भइरहे पनि सबै निकाय मुकदर्शक भएर हेरेको देखेर अचम्मित छन् । यहाँका बस्ती खानीकै कारणले जोखिममा .छन् । पानीको मुहान सुक्दै जान थालेका छन् ।
वन कार्यालयले मेसिन सिल गरिएको भए पनि ल्याउन ठूला गाडी आवश्यक पर्ने भएकाले त्यही छोडिएको जानकारी दिएको छ ।
सामुदायिक वनका उपभोक्ताहरु प्रशासन र खानी सञ्चालकहरुको नाटक र लुकामारी जस्तो व्यावहार हुने गरेको स्थानीयहरुको अनुभव छ । यस्तो नौटंकी बर्षैदेखि देख्दै आएको उनीहरुले ललितखबरसँग बताए ।
व्यावसायी विरेन्द्र महर्जन र श्यामगोविन्द श्रेष्ठ सञ्चालक रहेको सो खानीमा वडाध्यक्ष विष्णुमान महर्जन समेत संलग्न रहेको स्थानीयहरु बताउछन् ।
वन कार्यालयले सो वनमा पुगेर पटक पटक एउटै मेसिनको मुजुल्का मात्रै उठाउने गरेको छ । तर वनमा ढुंगा निकालेको विषयमा कारवाही प्रकृया नगरेको भन्दै स्थानीय बासिन्दा रुष्ट छन् ।
दाउरा काट्दा समेत स्थानीयलाई पक्राउ गरेर मुद्दा प्रकृयामा जाने वन कार्यालय दिनदाहाडै वन मासेर ढुंगा निकाल्दा समेत कारवाही गरेजस्तो गरेर झारा टारेको भन्दै आक्रोसित छन् । वन कार्यालयले आइतबार चौथोपटक खानीमा पुगेर मुजुल्का उठाएको हो ।
प्रहरी सहित वन कार्यालयबाट कर्मचारी खानी क्षेत्रमा पुग्दा डोजरलगायत मेसिनहरु मत्रै भेटिएको एक स्थानीयले ललितखबरलाई जानकारी दिए । उनले भने,‘केही समयअघिसम्म काम भइरहेको थियो । कर्मचारी पुग्दा त्याहाँ काम भइरहेको थिएन ।’ खबर गरेर मात्रै कर्मचारीहरु खानी क्षेत्रमा जाने गरेको उनी बताछन् ।
स्थानीयहरु ललितपुरका प्रशासनका कर्मचारीहरु बेला बेलामा खानी सञ्चालकहरुको काम रोकेर पैसाको मोलमोलाई गर्ने र केही समयपछि छोड्ने गरेको आरोप लगाउछन् । एक स्थानीयले दक्षिण ललितपुरमा विभिन्न स्वार्थशक्तिले नाङ्गो नाच देखाएको आरोप लगाए । भने,‘यहाँका सार्वजनिक सम्पतीमाथि प्रशासन र जनप्रतिनिधिले लुट मच्चाइरहेको छ ।’
संविधानले खानी क्षेत्र र सार्वजनिक सम्पतीको रेखदेख गर्ने जिम्मा स्थानीय निकायलाई दिएको भए पनि गोदावरी नगरपालिकाले नै खानी क्षेत्रको दुरुपयोग गरेको स्थानीय बासिन्दा गुनासो गर्छन् । खानी दर्ता संघीय सरकारले गर्ने भन्दै नगरपालिकाका मेयर गजेन्द्र महर्जन अप्ठ्यारो अवस्थामा पञ्छने गरेका छन् । तर यहाँका वन खानी सञ्चालकले हिउदमा खोतल्ने र बर्षामा पहिरो लडाएर ढुंगा बिक्रि गर्दछन् । पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तारको लागि खाडल पुर्न यहाँको माटो प्रयोग गरिएको भन्दै अन्धाधुन्दा वन क्षेत्रको दोहन भइरहेको छ ।
दक्षिण ललितपुरका जनप्रतिनिधि र प्रशासनले लामो समयदेखि अबैध रुपमा सञ्चालनमा आएका खानी र क्रसर बन्द गरि अघोषित रुपमा सञ्चालन गर्न दिइरहेका छन् । बस्तीको बीचमा समेत क्रसर सञ्चालन गर्दा यहाँका बासिन्दा धुलो मैलोमा नरकीय जीवन विताउन बाध्य छन् । स्थानीय बासिन्दाहरुलाई खानी र क्रसरको विषयमा बोल्न प्रतिबन्ध छ । खानी र क्रसरको विषयमा बोल्नेलाई थकाृएने नसके फकाउने र बिकाउने काम भइरहेको स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ४३ बजे