१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको कालेश्वरबाट सार्वजनिक बस सञ्चालनपछि लड्डु बाँडेर खुशीयाली मनाइयो



पहिले पनि बस सञ्चालनमा थियो । विविध कारणले बन्द भयो । अहिले रुट दर्ता गरेर बस सञ्चालनमा ल्याइएको छ

ललितखबर
दक्षिण ललितपुरको कालेश्वरबाट बस सञ्चालनमा आएपछि लड्डु बाँडेर खुशीयाली मनाइएको छ ।
कालेश्वरमा बस पुगेपछि गाँउपालिकाकी उपाध्यक्ष डोल्मा मायाँ गोलेले चालक विजय लामालाई खादा लगाएर स्वागत गरिन् ।
वडाध्इक्ष भूमिनन्द घिमिरेका अनुसार तत्काल एउटा बस सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘पहिले पनि बस सञ्चालनमा थियो । विविध कारणले बन्द भयो । अहिले रुट दर्ता गरेर बस सञ्चालनमा ल्याइएको छ ।’
सुदुर दक्षिण ललितपुरबाट उपत्यका आउन र जान बस सेवा सञ्चालन नहुँदा यहाँका यात्रु मालबाहक सवारीमा झुण्डिएर यात्रा गर्न बाध्य थिए ।
बस महाङ्काल गाउँपालिकाको माङमुङ, कालेश्वर वडा कार्यालय, कतवन हुँदै मध्यमार्गी सडकबाट बस चापागाँउ हुनेछ ।
बस व्यवसायी विजय लामाले नियमित बस सञ्चालन हुने बताएका छन् ।

 

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।