चापागाँउ
तामाङ समुदायको बाहुल्य रहेको दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले ल्होछार पर्व आउनु ५ दिन अघिदेखि नै सार्वजनिक विदा दिएको छ ।
पर्वको अवसरमार हिजो आइतबारबाटै सार्वजनिक विदा दिइएको छ ।
गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, विद्यालय र विभिन्न संघसंस्थालाई सार्वजनिक विदा दिइएको हो
यही माघ १७ गते तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६० औं डुल ल्हो (सर्प वर्ष)को रुपमा चाड मनाउदै छन् । पर्वको अवसरमा नेपाल सरकारले पुस १७ गते देशभर सार्वजनिक विदा दिएको छ ।
दक्षिण ललितपुरको यो गाँउपालिकामा करिव ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ । यस गाँउपालिकाको नाम नेपालको संविधान २०७२ जारी पछि भएको राज्य पुर्नसंरचनाको क्रममा तामाङ संस्कृती अनुसार कोञ्ज्योसोम नाम राखिएको हो ।
प्रतिक्रिया