९ फाल्गुन २०८१, शुक्रबार | Sat Feb 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


पत्रकार मात्रिका पौडेल र बिष्णु कल्पितलाई क्रियाशील पत्रकारिता पुरस्कार



लगनखेल
पत्रकार मात्रिका पौडेल र बिष्णु कल्पितलाई प्रेस चौतारी ललितपुरले क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
ललितपुरमा विहीवार आयोजित चौतारीको छैटौंं जिल्ला अधिवेशनको अवसरमा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले दुवै पत्रकारलाई पुरस्कार समर्पण गरेका हुन् ।
पुरस्कृत पत्रकारहरुलाई खादा, माला, प्रमाणपत्र सहित जनही ७ हजार रुपैयाँ नगद पुरस्कारद्वारा सम्मानित गरिएको संस्थाका सचिव अशोक दुलालले बताएका छन् ।
पत्रकार पौडेल हाल नेपालप्रेस डट कमका सम्पादक छन् भने
कल्पित अल जजिरालगायत अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा स्वतन्त्र पत्रकारका रुपमा कार्यरत छन् ।

प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले पुरस्कारलाई दिगो बनाउन रु दुई लाख रुपैयाँको अक्षयकोषको घोषणा गर्दै योगदान यर्न सबैमा अपिल गरेका छन् ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।