२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


प्रेस चौतारी ललितपुर अध्यक्षमा लुइटेल, उपाध्यक्षमा दुलाल



लगनखेल
प्रेस चौतारी ललितपुरको अध्यक्षमा नबीन लुइटेल र उपाध्यक्षमा अशोक दुलाल सर्वसम्मत निर्वाचित भएका छन् ।
आज कुमारीपाटीमा संगठनको छैटौं अधिवेशनले १३ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो ।
नेकपा एमालेको जनबर्गीय संगठन रहेको प्रेस चौतारीको उपाध्यक्ष (महिला)मा शान्ति घिमिरे, सचिवमा सन्तोष दाहाल,सहसचिवमा लक्ष्मण दुलाल,रवि मर्हजन(समावेशी) र कोषाध्यक्षमा समिर थापा निर्वाचित भएका हुन् ।
संगठनको सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानुकुमारी दुलाललगायत सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष वालमुकुन्द आचार्यले बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।