३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


प्रेस चौतारी ललितपुर अध्यक्षमा लुइटेल, उपाध्यक्षमा दुलाल



लगनखेल
प्रेस चौतारी ललितपुरको अध्यक्षमा नबीन लुइटेल र उपाध्यक्षमा अशोक दुलाल सर्वसम्मत निर्वाचित भएका छन् ।
आज कुमारीपाटीमा संगठनको छैटौं अधिवेशनले १३ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो ।
नेकपा एमालेको जनबर्गीय संगठन रहेको प्रेस चौतारीको उपाध्यक्ष (महिला)मा शान्ति घिमिरे, सचिवमा सन्तोष दाहाल,सहसचिवमा लक्ष्मण दुलाल,रवि मर्हजन(समावेशी) र कोषाध्यक्षमा समिर थापा निर्वाचित भएका हुन् ।
संगठनको सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानुकुमारी दुलाललगायत सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष वालमुकुन्द आचार्यले बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।