२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीका युवा नेता कृष्ण र सुमनमाथि भौतिक आक्रमण, एमालेद्वारा भत्र्सना



 

‘गाउँकै साथीहरुबीचको सामान्य मनमुटाव हो’

ललितपुर
गोदावरी नगरपालिका वडा नं ७ देवीचौरमा एमाले वडा कमिटिका अध्यक्ष कृष्ण तामाङ र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी अध्यक्ष सुमनसिंह तामाङमाथि भौतिक आक्रमण भएको छ ।
यही फागुन ३ गते देवीचौरको बुरुन्चुलीमा स्थानीयहरु सेरफ तामाङ,अजय वाईवा र आशिष भनिने मान बहादुर लामाले कृष्ण र सुमनमाथी राजनीतिक प्रतिशोधको बलमा आक्रमण गरी घाईते बनाएको भन्दै नेकपा एमाले गोदावरी ७ नं वडा कमिटिले भत्र्सना सहितको विज्ञप्ति जारी गरेको छ ।

एमाले वडा कमिटि उपाध्यक्ष उमेश कुमार लामाद्वारा जारी गरिएको विज्ञप्तिमा सेरफ, अजय र आशिषले युवा संघका स्थानीय नेता सुमनमाथि राजनीतिक प्रतिशोधको आधारमा आक्रमण गरेको र छुट्याउने क्रममा पार्टी वडा अध्यक्ष कृष्ण तामाङमाथी समेत हातपात तथा अभद्र व्यवहार गरेर घाईते बनाईएको घटनाप्रती घोर निन्दा र भत्र्सना गरिएको छ ।
आरोपित त्रयविरुद्ध स्थानीय प्रहरीमा उजुरी समेत दिइसकेका छन् । पीडित कृष्ण तामाङले घटना घटाउने विरुद्ध चापागाउँ प्रहरी कार्यालयमा उजुरी दिइएको बताए । घटनामा परी कृष्ण र सुमनको नाक र मुखमा चोट लागेको छ ।
उक्त विषयमा आरोपित अजय वाइवासँग सम्पर्क गर्दा उनले मदिरा सेवन गरेको समयमा गाउँकै साथीभाईबीच सामान्य मनमुटाव भएको र घटना भएको स्वीकार गरे । ’साथीहरुले पनि मदिरा पिएर झ्याप भएर आएछन, हामीले पनि पिएका थियौँ । त्यही भएर सामान्य भएको मात्र हो, उहाँहरु अहिले उपचार गर्दै हुनुहुन्छ, गाउँकै साथीभाईमा के झगडा गरिरहनु हामी मिलाउछौँ सर । ’ उनले भने, ’गाउँका साथीभाईहरुसँग मिल्नु पर्छ, यसलाई राजनीतिक इस्यु बनाउनु पर्दैन हामी सम्पर्कमै छौँ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।