२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले पोखरी संरक्षणका लागि आफ्नै वडा कार्यालय डोजर लगाएर भत्कायो



ललितपुर
ललितपुर महानगरपालिकाले आफ्नै वडाकार्यालय डाजर लगाएर भत्काएको छ ।
ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको हो ।
लगनखेलस्थित न्हुँ पुखु संरक्षणका लागि सो वडा कार्यालय भत्काइएको हो ।
भवन र सटरहरु हटाएपछि ऐतिहासिक साँस्कृतिक सम्पदा न्हुँ पुखु अव सडकबाटै देखिन्छ भने लगनखेलको पुरातात्विक सम्पदाको ऐतिहासिकता झल्कने भएको छ ।
वडा कार्यालय भत्काउने क्रममा मेयर चिरीबाबु महर्जन समेत उपस्थित थिए । भवन भत्काउदा धुलो नउडोस् भनेर पानीको प्रयोग गरिएको थियो ।
महानगरले लगनखेलमा रहेको नमूना मच्छिन्द्र विद्यालयले अतिक्रमण गरेको भवन समेत भत्काएर सप्तपाताल पोखरी निर्माण सुरु गरेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।