चापागाँउ
दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको नेतृत्व दिपेन्द्र दुलालले गर्ने भएका छन् ।
शनिबार ललितपुरको चापागाँउमा सम्पन्न चौथो जिल्ला अधिवेशनले उनको नेतृत्वले १५ सदस्यीय सर्वसम्मत् कार्यसमिती चयन गरेको छ ।
बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको मुल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो जिल्ला अधिवेशन उपाध्यक्षमा राजेन्द्र दुलाल, महिला उपाध्यक्षमा सरस्वती दुलाल, सचिव किरण दुलाल, सहसचिवमा भिमप्रसाद दुलाल, कोषाध्यक्ष माधब दुलाल र सदस्यहरुमा अर्चना दुलाल, प्रदिप दुलाल, नवराज दुलाल, डिल्लीप्रसाद दुलाल, भरत दुलाल, राजन दुलाल, सन्तोष दुलाल, बिनोदकुमार दुलाल, श्यामसुुन्दर दुलाल सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन संयोजक रामहरि दुलालका अनुसार अधिवेशनमा केन्द्रीय उपाध्यक्ष रुद्रप्रसाद दुलाल, वागमती प्रदेश अध्यक्ष जयराम दुलाल , वागमती प्रदेश उपाध्यक्ष निल प्रसाद दुलाल, वागमती प्रदेश महासचिब गोविन्द दुलाल वंशावली निर्माण अनुसन्धानकर्ता गोपाल प्रसाद दुलाल लगायतका व्यक्तित्वको उपस्थिती रहेको थियो ।
नवनिर्वाचित दिपेन्द्र दुलालले ललितपुरका विभिन्न भूगोलमा छरिएर रहेका दुलालहरुको कुल पुजा एउटै मन्दिरबाट गराउने र जिल्लाका सबै बन्धुलाई संगठित गराउँदै जाने प्रतिबद्धता व्यत्तः गरेका छन् ।
१८ फाल्गुन २०८१, आइतबार
394
Shares
प्रतिक्रिया