१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बडिखेलमा बाँसका सरसामान बनाउने तालिम शुरु



ललितपुर
ललितपुरको बडिखेलमा बाँसका विभिन्न कलात्मक सरसामान बनाउने तालिम सुरु भएको छ ।
‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ सुरु भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् ।
सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा शुरु भएको तालिमलाई चीनको सिजाङ ( तिब्बत ) मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल – चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् भने स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । ग्रीन ब्याम्बो क्रियशनले तालिम संचालनका लागि प्राविधिक सहयोग गरेको छ ।
तालिमको गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
तालिम आगामी चैत २० गतेसम्म चल्नेछ ।
ललितपुरको बडिखेलस्थित पहरी जनजातीले परम्परादेखि नै बाँस, बेत र निगालोका विभिन्न सरसामान बनाउदै आए पनि पछिल्लो पुस्ता आधुनिक भाँडाकुडा प्रयोग गर्न थालेपछि यो पेशा संकटमा परेको छ ।
याँहा पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू शुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा ‘ पहिलो राष्ट्रिय बाँस सम्मेलन ’ समेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।