ललितपुर
ललितपुरको साहित्य क्षेत्रमा विशेष योगदान पु¥याइरहेको गोदावरी साहित्य परिषद्मा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
ललितपुरमा आयोजित गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभाले नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसारे अध्यक्षमा सञ्जेलसँगै उपाध्यक्षमा जनार्दन पौडेल, सचिवमा शर्मिला दाहाल, सह – सचिवमा उषा के.सी. सिलवाल र कोषाध्यक्षमा अश्वस्थामा अर्याल चयन भएका हुन् । कार्यसमिति सदस्यहरूमा नागेश न्यौपाने ( निर्विरोध निर्वाचित ), राम कुमार श्रेष्ठ, कल्पना महर्जन र सुस्मिता अधिकारी रहेका छन् ।
कार्यक्रममा करिब २ दर्जन स्रष्टाले कविता, गजल, गीतलगायतका साहित्यिक रचनावाचन गरेका थिए । संस्थाले मभ्यललितपुरमा भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा काम गर्दै आएको छ
साधारण सभाले निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारीलाई सल्लाहकार संयोजक मनोसमेत गरेको छ ।
साधारण सभामा वरिष्ठ साहित्यकार प्रा.डा. तुलसी भट्टराई, प्रा. रामकुमार पाँडे, साझा प्रकाशनका अध्यक्ष शेखर गिरीलगायतका व्यक्तित्वको सहभागिता थियो ।
१० चैत्र २०८१, सोमबार
52
Shares
प्रतिक्रिया