१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको बुढीदेवि वनमा आगो लगाउनेको खोजी सुरु



ललितखबर
दक्षिण ललितपुरको वागमती ५ गढी भञ्ज्याङनजिकै बुढीदेवि सामुदायिक वनमा डढेलो लगाउनेको खोजी सुरु भएको छ ।
गतमंगलबार बनमा डढेलो लगाइएको पाएपछि यहाँका गाँउमा त्रास फैलिएको थियो ।
आश्राङ प्रहरी चौकीका अनुसार स्थानीय, प्रहरी र लेले कोटडाँडास्थित सूर्य सूर्यदल गणबाट खटिएका सैनिकले सो आगो नियत्रणमा लिएका थिए ।
सयौ संख्यामा खटिएका स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणपछि आगो लगाउने व्यक्ती बारे अनुसन्धान सुरु गरिएको प्रहरीले ललितखबरलाई जानकारी दिएको छ ।
सुख्खा मौसममा आगो लगाउदा बस्तीमा पस्ने डर थियो । डढेकोका कारण सयौं संख्यामा वन्यजन्तु र चराचुरुंगी मर्ने हुँदा पर्यावरणमै असर पर्ने गरेको छ ।
पछिल्लो समय सामुदायिक वनमा घाँस दाउरा पाउने लोभमा स्थानीयले नै वनमा आगो लगाइने गरेको पाइन्छ । सामुदायिक वनमा काँचो रुख काट्न नपाउने नियमका कारण आगोले रुख मर्ने र दाउरासँगै वनमा घाँसको लोभमा डढेलो लगाउने गरेको पाइन्छ ।
सरकारसँग डढेलो लगाउनेलाई कारवाहीका लागि स्प्रष्ट कानूनको अभाव र अनुसन्धान नहुँदा अपराधिलाई कारवाही हुने गरेको पाइदैन ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।