२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुने घटना छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले बिहीबार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझउँदै अध्यक्ष लिङ्देनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गरे ।

निष्पक्ष छानबिनका लागि पनि न्यायिक आयोग गठन गर्न उनले माग गरे । भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्नुपर्ने उनको जोड छ । घटनाको स्वतन्त्र छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा दमनको नेतृत्व गर्ने प्रहरी कमाण्डर तथा प्रशासनिक कर्मचारीलाई निलम्बन गर्नुपर्ने समेत उनको माग छ । उनले मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

उनले राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल समशेर जबरा लगायतका नेताहरुमाथि लगाइएका झुटा मुद्दाहरुको खारेज गर्दै यथाशिघ्र रिहाई गर्न समेत कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए । ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनमा भएका अराजक गतिविधिहरुबारे सरकारले गहिरोसँग अध्ययन गरिरहेको बताए । उनले उल्लेखित मागहरु सम्बोधन गर्न आवश्यक छलफल गर्ने बताए ।

सरकारले शान्तीपूर्ण आन्दोलनमा दमन गर्न खोजेको कारण तीनकुने घटनाको मुख्य जिम्मेवार सरकार स्वयं रहेको राप्रपाको आरोप छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।