१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हप्तामा दुई दिन बिदा, जोरबिजोर यातायात गर्न प्रस्ताव



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्।

उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको पनि जिकिर गरे। उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए। छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे।

विज्ञहरुले पनि प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिएका छन् । वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्नेमा जोड दिए। डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए। राष्ट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटर साइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने बताए।

 

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।