१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरकी सांसद डा. तोसिमा भन्छिन्- देशलाई यिनीहरूको हातमा सुम्पिएर थप कंगाल बनाउनु छैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. तोशिमा कार्कीले मतदाता परिचयपत्र बनाउन युवाहरूलाई आग्रह गरेकी छन्।

बिहीबार (आज) साँझ फेसबूक लाइभमा आएकी उनले यस्तो आग्रह गरेकी हुन्। चुनाव जनिकिँदै जाँदा ठूला दलहरूले मतदाता परिचय पत्रसमेत नबनाइदिने बहाना रच्नसक्ने भन्दै उनले यस्तो आग्रह गरेकी हुन्।

‘इलेक्सन आइपुग्दा यहाँ जस्तो पनि बहाना बनाइन सकिन्छ। युवाले हामीलाई भोट दिँदैनन् भनेर मतदाता परिचयपत्र नबनाउन सक्छन्। यो देशको एउटा पनि युवाले आफ्नो भोटिङ राइट खेर नफाल्नुहोला,’ उनले भनिन्, ‘सरकार हाम्रो पुस्तामा आएपछि न काम गर्न सक्छौँ।’

उनले अब पनि पुरानै दल तथा नेताको हातमा सुम्पिएर देशलाई थप कङ्गाल नबनाउन आग्रह गरिन्। ‘यो देशको नेतृत्व अब तपाईं-हामीले गर्नुपर्छ। अझै यिनीहरूको हातमा देश सुम्पिएर थप खोक्रो र कङ्गाल बनाउनु छैन,’ लेखिेकी छिन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।