ललितपुरको लुभु र च्यासलमा आगलागीपछि लाखौंको क्षति भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–९ च्यासलस्थित सुरेज श्रेष्ठको तामा र पित्तलको मुर्ति बनाउने टहरोमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरणभने प्रहरीले खुलाएको छैन ।
यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने मिलन श्रेष्ठको लक्ष्मी नारायण टेस्टटायल कपडा गोदाममा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागीपछि करिब १५ लाख रूपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया