काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनित भएका छन् । पार्टीले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको हो । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि लामो समयदेखि पासाङ राजनीतिक रुपमा निष्कृय नै थिए ।
पछिल्लो चार/पाँच महिनादेखि पार्टीको बैठकहरुमा अनौपचारिक रुपमा सहभागी हुने गरेका पासाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः उपाध्यक्ष बनाएका हुन् । माओवादी जनयुद्धकालका ‘डेपुटी कमान्डर’ पासाङ पार्टी अध्यक्ष प्रचण्डको निकै विश्वास पात्रको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया