आज राजधानीको बल्खुआसपास राजावादीहरुले आज प्रर्दशन गर्दैछन् ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्ने प्रर्दशनलाई मध्यनगर गरेर सरकारले उच्च सुरक्षा निगरानी राखेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज विहान ११ बजे राजधानीमा जुलुस सुरु हुनेछ भने १२ बजेदेखि सभा सुरु गर्ने कार्यक्रम तय भएको छ ।
गतचैत १५ गते तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उच्च सुरक्षा निगरानी राखेको हो ।
यहाँको सुरुक्षाका लागि करिव २ हजार प्रहरी परिचालित हुँदेछन् ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिदैछन् । उच्च सुरक्षा निगरानीका लागि प्रहरीले सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी गरेको छ ।
विहान कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस अघि बढ्ने कार्यक्रम राखिएको छ ।
कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन समेत गरेका थिए ।
कार्यक्रमका लागि राजधानी वरपरका नेता तथा कार्यकर्ता भेला गर्ने तयारी गरिएको छ ।
पार्टी प्रवक्ता श्रेष्ठका अनुसार आजको सभा शान्तिपूर्ण र मर्यादित बनाउनं स्वयंसेवक परिचालित हुनेछन् ।
सभामा घुसपैठ हुनसक्ने भन्दै राजावादीहरुले स्वयम्सेवक परिचालन गर्न लागेका हुन् । घुसपैठको शंका लागे पक्राउ गरेर प्रहरीलाई बुझाउने तयारी छ ।
ग्तचैत्र १५ गते राजधानकिो तीनकुनेमा आयोजित प्रदृशन हिंसात्मक बनेपछि सरकारले यो प्रर्दशनलाई उच्च सुरक्षा निगरानीका साथ हेरेको छ ।
राजधानीमा प्रर्दशन हुने भएपछि ट्राफिक प्रहरीलाई चुनौती थपिएको छ ।
प्रदर्शन अवधिभर यहाँबाट सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
कलंकीको खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट राखिएको छ । बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुजाने सडकमा कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
साथै त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया