२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


छैटौं ताम्रकार फूटसलको उपाधी बीके सुनचांदीलाई



 

छैटौं ताम्रकार फूटसलको उपाधी फेरि बीके सुनचांदीले हात पारेको छ ।
छैटौं संस्करणको फाइनलमा बि.के. सुनचाँदीले ओरियन इलेक्ट्रीकललाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेको हो । सेमिफाइनलमा बि.के. सुनचाँदीले मिलन ज्वेलर्स तथा ओरियनले तिच्छुंगल्ली स्टोरलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई ललितपुरकी संघीय सांसद एवं पूर्वमन्त्री डा. तोसिमा कार्कीले मेडल, ट्रफी तथा पुरस्कार वितरण गरेकी छिन् ।
ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यसवर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।