१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको शंखुमा अस्पताल निर्माण



ललितपुर

दक्षिण ललितपुरको शंखुमा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका २, शंखुमा नवनिर्मित शंखु आधारभूत अस्पताल भवन चैत २७ गते हस्तान्तरण एवं समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पालिका स्तरिय आधारभूत १० शैयाको अस्पताल करिब ६ रोपनी जग्गामा निर्माण भएको होे । अस्पताल निर्माणका लागि समाजसेवी विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् भने २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएको थियो ।
कोन्ज्योसोम गाउँपालिकाले १ रोपनी जग्गासँगै रहेको सरकारी जग्गा कानुनी प्रक्रिया पूरा गरेर अस्पतालको नाममा ल्याएको थियो । अस्पताल निर्माणका लागि स्थानीयबासिन्दाहरुको समेत योगदान छ ।

गत २०७८ भदौबाट ज्ञानज्योति सप्तपथ जेभीले १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरेर अस्पतालको संरचना निर्माण सुरु गरेको थियो ।

तत्कालीन पालिका अध्यक्ष गोपीलाल सिंतान, उपाध्यक्ष मिङ्मा लामा, वडाध्यक्ष धुर्व घिमिरेको संलग्नतामा शिलान्याश गरिएको अस्पतालको संरचना निर्माण भई सञ्चनलनमा आउन लागेको हो ।

अस्पताल निर्माणका लागि संघिय सरकार अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोन्ज्योसोम गाँउपालिका र जिल्ला समन्वय समिति ललितपुरले बजेट विनियोजन गरेका थिए ।

आधारभूत अस्पताल भवन उद्घाटनपछि अस्पतालको भवनवाट हाल स्वास्थ्य चौकीले दिंदै आएको सेवा सुविधा दिईने र १ वर्ष भित्र अस्पतालका लागि आवश्यक स्वास्थ्यकर्मी, कर्मचारी, यन्त्र उपकरणलगायत आधारभूत अस्पतालले पूरा गर्नु पर्ने मापदण्डअनुसार सम्पूर्ण व्यवस्थापन गरेर अस्पताल पूर्ण रुपमा संचालनमा ल्याउने गरी काम अगाडि बढाइएको कुरा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले बताएका छन् ।
अस्पताल संचालनपछि कोन्ज्योसोम गाउँपालिका, महाँकाल गाउँपालिकाको बुखेल, वाग्मती गाउँपालिकाको इकुडोललगायतका स्थानीयले प्रत्यक्ष लाभ लिन सक्नेछन् । पछिल्लो समय गुणस्तरिय स्वास्थ्य सेवा लिन यहाँका स्थानीय आनन्दबन अस्पताल टिकाभैरव, बज्रबाराही अस्पताल चापागाँउ र पाटन अस्पताललगायत जानु पर्ने बाध्यता थियो ।
शंखु आधारभूत अस्पताललाई पूर्ण संचालनमा ल्याउनसके यहाँका जनताले राहत महशुस गर्न सक्छन् । हाल अस्पतालको पुर्वाधार निर्माण सकिए पनि अस्पतालका लागि आवश्यक व्यवस्थापन हुन सकेको छैन । यस सन्दर्भमा अस्पताल संचालन गर्न प्रदेश सरकारसँग समन्वय गरी छिटै पूर्ण रुपमा संचालन गरिने पनि पालिका अध्यक्ष लामाले बताए ।

वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगर, वाग्मती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश सभा सदस्य उर्मिला लामा, पुर्व जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु शिलान्याश कार्यक्रमका लागि बुधबार शंखु जाने कार्यक्रम तय भएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।